काभ्रेपलान्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं १० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिने भएको छ ।
नाईटिङ्गेल एकेडेमी १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई जुनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ । काभ्रेको नेपाली सेनाको कालिजंग गण धुलिखेल केन्द्रले तालिमको समन्वय गर्ने विद्यालयले जानकारी दिएको छ ।
नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाको प्रमुख आतिथ्यतामा आज (आइतबार) तालिमको समुद्घाटन गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गणपति कर्णेल थापाले ‘अनुशासित बफादार, इमानदारिता र राष्ट्रिय भावनाको विकास गराउनु यसको मुख्य उदेश्य रहेकोे बताए ।
,’ तालिमको बारेमा जानकारी गराउँदै उनले भने, ‘ सिकाएको कुरालाई विद्यार्थीहरुले अनुशासित भएर पालना गर्नुपर्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’, यस तालिमको मूल नारा भएकाले विद्यार्थीहरुले अनुशासित तालिम समापन गर्नुहुन्छ भन्नेमा आफू विश्वसत रहेको उनले बताए ।
लामो समयको प्रयासपछि विद्यार्थीहरुलाई तालिम प्रदान गराउन पाउनु खुशीको विषय भएको विद्यालयका अध्यक्ष रत्न कुश रन्जितले बताए । उक्त तालिमले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्नुको साथै नेत्तृत्व तथा क्षमता विकास गर्नेमा उनी विश्वस्त छन् ।
विद्यार्थीहरुलाई ५१ दिनको तालिम प्रदान गरिने बताइएको छ । तालिममा विद्यार्थीहरुलाई गोर्खाली खुकुरी चलाउन सिकाइने, पर्शनल फिटनेसका लागि टेकवान्डो, अेरोबिक तालिम दिइनेछ । त्यस्तै पब्लिक स्पिकिङ, रक क्लाइम्बिङ, स्विमिङ, हर्स राइडिङ, फारिङको तालिम पनि प्रदान गरिनेछ ।
बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा सेनाको राष्ट्रिय सेवा दल गठन गरिएको छ ।
Aside from being a flexible ingredient in cooking and cleansing, it is additionally thought to mit tartalmaz a tonerin detoxify the body.








