
जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट भन्ने मुल नारालाई आत्मसाथ गर्दै अघि बढेको मिसन टु सपोर्ट नामक सामाजिक संस्थाले विवाह पञ्चमीको अवसर पारेर प्रसिद्ध धार्मिक स्थल जनकपुरधाममा बृहत सरसफाइ अभियान सञ्चालन गरेको छ ।
संस्थाका सदस्य आयुष बडालले आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सके सम्म फोहोर नै नगरौं, फोहोर भइहालेछ भने पनि सफा गरौं भन्ने शिक्षा दिन र गाउँ सहर तथा महत्वपूर्ण धार्मिक तथा सास्कृतिक स्थललाई सफा राखौं भन्ने हेतुले यो सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए । उनले थपे, “हरेक सकारात्मक कामको थालनी आफै बाट गर्नुपर्छ भन्ने लागेर हामीले सरसफाइ अभियान चलाएका हौं । यो अभियान विभिन्न ठाउँ सम्म पुग्ने छ । “
संस्थाका संस्थापक अटिट बेलबासेलेयो सरसफाइ अभियानले सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई समेट्ने बताए ।








