सहयोग बनेपा, चाडपर्वहरुलाई संरक्षण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली कांग्रेस बनेपा नगरपालिका–११ नं. वडा समितिले देउसी भैलौ कार्यक्रम गरेको छ ।
कांग्रेस बनेपा नगरपालिका–११ नं. वडाका सभापति राजेन्द्र थापाका अनुसार नेकपा एमालेको तर्फबाट निर्वाचित ११ नं वडा सदस्य सिताराम थापा, रिपु मर्दन अधिकारी, रामेश्वर बानिया, सुदर्शन मान्नधर, निर्मल पान्डे, कान्छा गौतम र गोबिन्द बहादुर थापाको घरमा देउसी भैलौ खेलिएको थियो । देउसी भैलोबाट जम्मा १८०९२५ रकमले एकल महिला, अशक्त, जेष्ठ नागरिक, अति न्युन अबस्था भएकालाई सम्मान तथा सहयोग गरिने वडा सभापति राजेन्द्र थापाले बताउनुभयो ।
कार्यक्रममा गायक सुमन गौतम, गोकुल बानिया, मदन गौतम, मन्जु थापा, भवानी दाहाल, सरस्वती गौतम र सिता गौतमलगाएत थिए भने नृत्यमा जस्मीना थापा, सन्ध्या तिमल्सिना र मादल बजाउने राम थापा, सुरेन्द्र अधिकारी र नेत्र दाहाल रहेका थिए ।