दोस्रो ठूलो पर्वको उपमा लिएर आउने गर्छ मखमली फूल सप्तरंगी टीका अनि दाजुभाई दिदीबहिनीको मिलनको रमाइलो चाड, उज्यालो पर्व झिलीमिले साँझ, दीपावली तिहार याने यमपञ्चक ।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्धादशीसम्म यमराज, यमुना, काग, कुकुर, लक्ष्मी, गाई, गोरु, अष्टचिरञ्जिवी र भाइको पूजा गरी मनाइने यो पर्व रमझम र खुशियालीको रुपमा मात्र नरहरी मिलन र आत्मियता साटासाट अनि दीर्घायुको कामना गर्ने अवसरको रुपमा समेत सथापित छ ।
कार्तिक कृष्णत्रयोदशी अर्थात काग तिहार ः यमराजकी बहिनी यमुना दाजुसँग भेट नभएर सम्झेर बसेको बेला नजिकै आएर कराई रहेको कागलाई देखेपछि यमुनाले कागलाई बोलाई कराउनुको कारण सोध्दा भोक लागेको उत्तर पाएपछि यमुनाले कागलाई खान दिएर एउटा समाचार गर्न अनुरोध गरेपछि कागले नरकका राजा यमराज कहाँ गई चाँडै बहिनी यमुनालाई भेट्न जाने खबर गरेर यमुना कहाँ गई दाजु चारदिन भित्रमा भेट्न आउने सन्देश दिएपछि यमुना खुशी भई एउटा सच्चा सुचना बाहकको रुपमा कागलाई पूजा गरी प्रत्येक वर्षको कार्तिक कृष्णत्रयोदशीको दिन सबैले कागको पूजा गरुन् भन्ने वरदान दिएको हुँदा यो दिन परापूर्वकालदेखि नै कागको पूजा गर्ने चलन रहेको पाइन्छ भने अर्कोतर्फ परापूर्वकालमा मानव जातिलाई अजम्बरी बनाउनका लागि ल्याइएको अमृतको घैटौँमा दुष्ट्याई गरी अमृत नष्ट गराएको कारण दुष्ट पक्षिंको रुपमा शुभ कार्य गर्नुअघि दृष्ट पंक्षी कागको पूजा गरेमा सफल हुने हुँदा कागको पूजा गर्ने चलन रहेको लोकोक्ति पाइन्छ ।
त्यसैगरी तिहारको दोस्रो दिन नरकचतुर्दशी अर्थात कुकुर तिहार यमराज बहिनी यमुनालाई भेट्न आउँदा ढोकामा बसेर अग्रिम सुचना दिन भुकेको र भैरवको बहान तथा सच्चा द्धारपाल समेत भएको कारण यस दिन कुकुर पूजा गर्ने चलन अनुरुप चलाख पशुको रुपमा कुकुरको पूजा गर्ने गरिन्छ भने यो दिन बिहानै उठी नबोलिकन नुहाउने चौध बत्ति बाली यमराज र कुकुरको पूजा गर्ने र शरीरमा तेल लगाउने चलन रहेको पाइन्छ । यसरी नै ज्योती पर्वको अर्को दिन लक्ष्मी पूजा याने भैलो खेल्ने दिन । गाईलाई साक्षात लक्ष्मीको रुपमा स्वीकारी धनकी देवी लक्ष्मीको पूजा गरी घरका सबै झ्यालढोका खुल्ला राखी आ–आफ्नो कार्य अनुसारको औजार सहितलाई पूजा गर्ने र झिलिमिली रुपमा दीप प्रज्ज्वल गरी धनकी देवीको आगमनलाई बाटो देखाई ढुकुटीसम्म पुगुन् भनी खुल्ला रुपले लक्ष्मी पूजा गरिन्छ भने बेलुकी घर–घरमा भैलो खेलेर शुभकामना आदानप्रदानका साथै विशेष रमझम र मनोरञ्जनका साथ लक्ष्मीपूजा मनाउने चलन यद्यपी कायम छ । यसरी नै यमपञ्चको चौथो दिन कार्तिक शुक्ल एकादशी उर्फ गोबद्र्धन पूजा, गोरु पूजा, नेवारीमा (म्हँ) पूजा मानवताको प्राण रक्षक एवम् स्वयंसेवक पशु जो वर्षभरी बाँझोमा जोतेर थकित छ यही स्वयं सेवक पशु गोरुको पूजा गर्ने दिन गोबद्र्धन पूजा ।
यस दिन बिहान स्नानगरेपछि माटोबाट गोबद्र्धन पहाड बनाई स्नान गरेपछि गाईको दुध चढाई गोरुको रुपमा पूजाआज गरी गोरु समेतलाई फूलको मालाले सजाएर नैदेद्य खुवाई बेलुकी साथीभाई जम्मा भएर देउसीको माध्यमबाट शुभकामना आदनानप्रदान गर्ने दिन पनि यही हो । अन्तमा दीपालीको प्रमुख एवम् अन्तिम दिन कार्तिक शुक्लद्धादशी अर्थात भाइटीका । यमराजलाई उनकी बहिनी यमुनाले सप्तरंगी टीका र कहिल्यै नओलाउने माला लगाएर सुस्वास्थ्य र दीर्घायुको कामना गरेको दिनको रुपमा प्रत्येक वर्ष यसै दिन प्रत्येक नेपाली चेलीहरुले दाजुभाईलाई बीचमा राखेर यमराज, यमुना, अष्टचिरञ्जिवी दियो, कलश, बिमिरो र ओखरलाई सधैँ मौलाई रहने दुवोले पूजा गरी तेलले रेखी लगाई तेलको रेखीभित्र दाजुभाईलाई राखी सानो याने भाईदेखि शुरु गरी पूजा गर्ने र सप्तरंगी टीकाले निधार सिंगारी उत्तरोत्तर प्रगतीको कामना सहित दीर्घायुको शुभकामना दिँदै अजम्बरीको वर प्रदान गर्ने प्रार्थनाका साथै नेपाली मौलिकता बोकेको ढाकाटोपी शिरमा लगाई दिएर उच्चताको कामना गर्ने दिने हो–भाइटिका ।
यो दिन चेलीहरुको तर्फबाट दाजुभाईलाई मिठा मिठा फलफूल र भोजन गराई वर्ष भरी नै त्यस्तो होस् भन्ने कामना समेत गर्ने गरिन्छ भने दाजुभाईको तर्फबाट पनि दिदीबहिनीलाई टीका लगाउने दीर्घायुको आशिष दिइनुका साथै सौगात स्वरुप, दक्षिणा, स्नेहता, द्रव्य र वस्त्र समेत प्रदान गरी चेलीप्रतिको स्नेहलाई जीवन्त राख्ने गरिन्छ ।
यसरी भाइटीकामा चेलीले दिएको आशिर्वाद मखमली फूलको माला र सप्तरंगी टीकाले त्यो दाजुमा साँच्चिकै चेली स्नेहताको छाप छोड्ने गर्छ जुन जीवन्त शुत्रको रुपमा रहनेछ । यसरी मृत्युको शैय्यामा वा कुनै ठूलो विपत्तिमा पनि चेलीको पुकार सुनेर दिदीबहिनीको कामना स्वीकार्न निहित रहने एक आपसको पुर्नमिलनीय संगमको दोभान हो–तिहार । अन्तत्वगत्वा पुनर्मिलन स्नेहता, शुभकामना सप्तरंगी टीका र मखमली मालाको अलावा चेलीको प्रफुल्लित आवाजसँगै गुञ्जने देउसी भैलो अनि रंगी चंगी पहिरन चाचाहुईको गुञ्जनले नै तिहारमा उत्साह र उमंग थपेको आभाष हुने गर्छ । जेहोस् रमाईलो पर्वलाई खुशियालीले मनाउ एक आपसमा शुभकामना बाडौँ, मखमली फूल र सप्तरंगी टीकाले झकिझकाउ बनौँ चाडबाडको नाममा जुवातास र झैँ–झगडाबाट पर्व नमनाऔँ । शान्तिमय वातावरणमा पर्व विदा होस्, लक्ष्मी सधैँ तपाईको घर घरमा रहुन्, स्वास्थ्य अनि उत्तरोत्तर प्रगतीको कामना ।

नेवारी समुदाय र म्ह : पूजा


तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात नेवारीमा म्ह ः पूजाका दिन नेवारहरुले आफ्नै शरीरलाई पूजा गरेर म्ह ः पूजा मनाउने गर्छन् । यस दिन नेवार परिवारमा मुली अर्थात थकालीले सबै सदस्यलाई पूजा गरी कुखुराको फूल सगुन् अर्पण गर्ने गर्छन् । पूजामा परिवारका सबै सदस्यका लागि पूर्व सम्मुख पारेर एक–एक वटा मण्डप बनाइन्छ । मण्डपमा तेलको सानो रेखालाई बीचमा पारी त्यसपछि क्रमश ः आँखे (खस्रो अक्षता) लावा, कालो भटमासको गेडा, धान, पैटयाँ , पौटाया (बेसारले रंगाएको चामलको धुलो) त्यसपछि पानी र रंगीविरंगी फूलका घेरा हालिन्छ । यसरी परिवारका सबै सदस्यलाई पुग्ने मण्डप बाहेक सुकन्दा, यमदुत् र कर्मदुत्का लागि समेत पुग्ने गरी मण्डप बनाइएको हुन्छ । मण्डपमा घरमा भएको नाङ्लो, कुचो, जाँतो घ्याम्पो, घडा आदिको समेत पूजा गर्ने गरिन्छ ।
मण्डपको अगाडि परिवारको थकालीदेखि लहरै बस्दछन् । यसरी बसेका सबैलाई मुलीले बाँया हातमा पूजाको थाली लिई पूजा गर्दै रातो टीका लगाई दिन्छन् । अनि मुलीले सिँफ (काठको पाथी) मा अक्षता फलफूल, सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शिरमा तीन पटक अभिषेक गराइन्छ । मुलीले नै प्रत्येक मण्डपको अगाडि बिमिरो, कटुस्, ओखर, सयपत्री कोखा (धागोको माला) र फलफूल राखेको थालीलाई अर्पण गर्दछन् । त्यसलाई सबैले ग्रहण गरी आ–आफ्नो गला र कोखमा लगाउँदछन् र थालीलाई ढोग्दछन् ।
त्यसपछि श्वेत इत (धागोको बत्ति)लाई बाली मुलीले दायाँ हातमा म्हः पूजा गर्ने सबैलाई उसिनेको अण्डा, सुकेको सिंगो माछा र बाँया हातमा सलिचा (रक्सीले भरिएको माटोको प्याला) राखिन्छ र यसमा सगुन तीन पटकसम्म थपेर खाइन्छ । अनि भुईमा राखिन्छ । मुलीले सबैको आँतमा अक्षता राखिदिन्छन् र आफ्नो मण्डपको पूजा गरेर विसर्जन गरी त्यसै ठाउँमा बसेर भोज खाएपछि म्हः पूजा पनि समाप्त हुने गर्दछ ।
भने यसै दिन देखि नेपाल सम्बत पनि फेरिने गर्दछ जुन दिनदेखि नेपाल सम्बतको नयाँ वर्ष पनि शुरु हुन्छ । स्मरण रहोस् एघार सय वर्षभन्दा पनि बढी समय अघि राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन देशका जनतालाई ऋण मुक्त गराएका थिए । यसकै अवसर स्वरुप यसै दिन देखि नेपाल संबत समेत फेरिने चलन रहेको छ ।