नेपालीहरुको महान चाड बिजया दशमी २०७८ सालको शुभकामना सहित प्रेम सापकोटा (सोनु), अस्मिता ढलकोटि र भगवती खड्काको समधुर स्वरमा यो दशैंमा आउँदैछु घर बजारमा सार्वजनिक भएको छ । दिपक कंडेलको उत्कृष्ट मन छुने शब्द सिर्जनामा प्रेम सापकोटा (सोनु) को संगीत र महेन्द्र भण्डारी को ऐरेन्जमा उक्त गीतको अडियो निर्माण भएको छ ।

नेपालीहरुको सबै भन्दा ठुलो र महान चाड को रुपमा मानिने बिजया दशमीको बजारमा म्युजिक भिडियोहरु आईरहेको छ । यसै शिलशिलामा र समय सान्दर्भिक रुपमा उक्त गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियो मौषम हिमालिको निर्देशन मा रहेको छ भने बिजय पुन र रचना गौतमले अभिनय गरेका छन् । म्युजिक भिडियो दिपिका म्युजिक नामक युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

हेर्नुस भिडियो >