पछिल्लो २४ घण्टामा नेपालमा ७९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा शनिबार देशभर थप ७९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ६६२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ५२९ परीक्षणबाट १६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ५७९ परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संख्या घट्दै गएको हो ।