बनेपा, भारद्वाज गोत्र (सगोत्री) भएकाहरुको साझा संस्थाको रुपमा भारद्वाज सेवा समाज नेपालको केन्द्रिय समिति गठन र कार्यालय उद्घाटन काभ्रेमा भएको छ ।
गत शनिबार धुलिखेल–२, रविओपीको चौरेलचौरमा एक कार्यक्रमको आयोजना गरी बिधिवत रुपमा केन्द्रिय कार्यालय उद्घाटन गरिएको हो । ७७ जिल्लामै शाखाहरु गठन गरी भारद्वाज सेवा समाजलाई अगाडी बढाउने लक्ष्यका साथ समाजको दर्ता गरिएको अध्यक्ष दिनेश चौलागाईले बताउनु भयो ।
केन्द्रिय कार्यालय उद्घाटनको क्रममा प्रमुख अतिथि खानेपानी विभागका पुर्व ईञ्जिनियर शिव प्रसाद देवकोटाले स्वदेश तथा विदेशमा रहेका भारद्वाज गोत्रका बन्धुहरुलाई समेट्दै अगाडी बढ्ने उद्देश्यले भारद्वाज सेवा समाज नेपाल गठन गरेको भन्दै सामाजिक हितको खातिर कार्य गरीने बताउनु भयो ।
भारद्वाज सेवा समाज नेपालका प्रमुख सल्लाहकार गोपिकृष्ण थपलियाले नेपालमा आजभन्दा अगाडी सगोत्रिय बन्धुहरुलाई समेट्दै संगठित गर्दै जाने कार्य भएको थिएन । पहिलो पटक भारद्वाज गोत्रीय बन्धुहरुलाई समेट्दै आफ्नो संकृतिको पहिचान कायम गर्ने बताउनु भयो । मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत टंक प्रसाद चौलागाईले भारद्वाज गोत्रीय बन्धुहरुलाइ समेट्ने उद्देश्यले काभ्रे धुलिखेल नगरपालिका वडा नं २ रविओपिले अभियान सञ्चालन गर्दै केन्द्रिय कार्यालय स्थापना गरेकोमा खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुर्व सहायक प्रमुख जिल्ला अधिकारी एवं बञ्जाडे समाजका केन्द्रिय उपाध्यक्ष राम शुन्दर बञ्जाराले सगोत्रि बन्धुहरुको हितको खातिर अगाडी बढेको भारद्वाज सेवा समाज नेपाललाई आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष एवं भारद्वाज सेवा समाज नेपालको केन्द्रिय अध्यक्ष दिनेश चौलागाईले सेवा समाज गठन गर्नुको आवस्यकता साथै उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । बन्धुहरुको पहिचान एक आपसमा सहकार्य साथै संकृतिको पहिचान गर्ने कार्यको लागि सेवा समाजको गठन भएको र ७७ जिल्लामा शाखाहरु गठनको लागि तत्काल अभियान सञ्चालन गर्ने, चौरेलचौरमा भारद्वाजहरुको मन्दिर बनाउने उहाँले बताउनु भयो । जेष्ठ सदस्यहरुको संरक्षण साथै सम्मानको खातिरमा समेत कार्य गर्ने उद्देश्यले अगाडी बढेको सेवा समाजले स्थानिय धनमाया न्यौपानेलाई नगद र प्रमाणपत्र सहितले सम्मान गरेको थियो ।
कार्यक्रममा ३५ सदस्यीय केन्द्रिय समिति गठन गर्ने निर्णय अनुसार ५ सदस्य पछि थप्ने गरी ३० जनाको केन्द्रिय समिति गठन भएको छ । जसमा केन्द्रिय अध्यक्ष दिनेश चौलागाई, उपाध्यक्ष जञ्जुदेवि खनाल (चौलागाई), कोषाध्यक्ष गोमा चौलागाई, सचिब माधव चौलागाई, सह—सचिव लक्ष्मण चौलागाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा—टंक चौलागाई, शिव देवकोटा, खेम सुवेदी, दुर्गा चौलागाई, गोबिन्द चौलागाई, दया शागर चौलागाई, कृष्ण चौलागाई, दुर्गा प्रसाद चौलागाई, गोमा चौलागाई, केदार चौलागाई, शिशिर चौलागाई, गणेश प्रसाद चौलागाई, बलराम चौलागाई, सुरेश चौलागाई, सुनिल चौलागाई, करुणा चौलागाई, त्रिलोचन चौलागाई, सविता चौलागाई, नियनराज चौलागाई, गोविन्द चौलागाई, बिनोद कुमार चौलागाई, सुजन चौलागाई, मिना घिमिरे चौलागाई, सुमन चौलागाई लगाएतको रहनु भएको छ । –नव क्षितिज साप्ताहिकबाट








