मिश्रा काफ्लेको तिजको रमझम सार्वजनिक (भिडियो सहित)


 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धेरै तिजका भाकाहरु निस्किरहेका छन । यसै समयलाई मध्यनजर गर्दै मिश्रा काफ्लेको तिजको रमझम भर्खरै सार्बजनिक भएको छ ।

मिलन फिल्मस् प्र.लिले बजारमा सार्वजनिक गरेको “तिजको रमझम“ काभ्रेका धेरै कलाकारहरुले सहकार्य गरेका छन् । पछिल्लो समयमा काभ्रे जिल्लाको चर्चित कलाकारहरु को सामुहिक तिज गीत “तिजको रमझम“ मा प्रदिप रोक्का, मिश्रादेवी काफ्ले, सबिता ढुङ्गाना र ललिता घिमिरेले सयुक्त रुपमा स्वर दिएका छन भने मिश्रा देबि काफ्ले र बिक्रम ढुङ्गानाको मौलिक शब्द र मिठास संगीत रहेको छ ।

मिलन श्रेष्ठले कथा निर्देशन तथा अमोन रानाले नृत्य निर्देशक गरेको उक्त म्युजिक भिडियोमा प्रदिप रोक्का, रिना थपा मगर, प्रलाद खकुरेल, मिश्रादेबि काफ्ले, सबिता ढुङ्गाना, ललिता घिमिरे र अग्नि बिकास अधिकारीको अभिनय रहेको छ ।

हेर्नुस भिडियो >

प्रतिक्रिया दिनुहोस्