हाँस्य कलाकार घनश्याम गौतमले गाईजात्रे प्रस्तुति “ट्वाकेन्द्र सँग मनका कुरा“ बजारमा ल्याएका छन् ।
कडा खबरको निर्माणमा तयार भएको गाईजात्रालाई कलाकार गौतमले लेखन तथा निर्देशन गरेका हुन । अन्य गाईजात्रा भन्दा फरक शैलीमा प्रस्तुत गरिएको गाईजात्रा ट्वाकेन्द्रसँग मनका कुरालाई सञ्चारकर्मी चर्चित ढुङ्गेलले साथ दिएका छन । अन्य गाईजात्रे प्रस्तुतिहरुमा प्रचण्ड बनेका कलाकार गौतम यो गाईजात्रे प्रस्तुति मा ट्वाकेन्द्र भएर आएका छन । द्वन्दकालमा सहिद परिवारका सपना देशको भ्रष्ट्राचार र कोरोना खोपको बिषयमा ट्वाकेन्द्रले नेताहरु प्रति गरेको कटाक्ष र एउटा सामान्य नागरिकले देश चलाउने कसरी भनेर दिएको उपाय यो सामग्रीमा देख्न पाईने छ । क्यामरा तथा सम्पादन हरि कार्की, निर्माण संयोजकमा चर्चित ढुङ्गेल हुनुन्थ्यो भने निर्माण सल्लाहकारहरुमा पशुपति दंगाल र डम्बर घिमिरे रहनु भएको छ । उक्त गाईजात्रे प्रस्तुति पबमबपजबदबच थयगतगदभ च्यानलमा हेर्न सकिने छ ।

भिडियो हेर्नका लागि यो लिङ्क खोल्नुहोस् ।