२०४४ सालमा दोलखाको झ्याकुमा जन्मिएका नायक दिनेश के.सि २०६६ साल देखि नेपाली चलचित्र क्षेत्रमा लागि आफुलाई स्थापित गरि विभिन्न नेपाली चलचित्रहरु मार्फत नेपाली दर्शकको मन जिति आफुलाई यौटा सफल कलाकार को रुपमा चिनाउन सफल भैसकेका छन ।
विभिन्न समयमा आफुलाई फरक फरक रुपमा अभिनय मार्फत पर्दामा देखाउन रुचाउने नायक के.सी केही न केही फरक काम गरिरहन रुचाउँछन् । सै सन्दर्भमा कोभिडले गर्दा चलचित्र क्षेत्र सिथिल रहेको अबस्थामा आफू जन्मेको ठाउँ जिल्लालाई विश्वमा चिनाउन पर्छ भन्ने उदेश्यले उनले हालै यौटा गीति चलचित्र हाम्रो दोलखा बोलको गितमा आफ्नो सुमधुर स्वर भरेका छन । आफ्नो पहिलो गायन प्रयास विभिन्न सर्जकहरुबाट पायको हौसलाले उनी निकै उत्साहित छन । बिश्वका करिब १८ भन्दा बढी देशको भ्रमण गरिसकेका नायक दिनेश बिश्वको जुनसुकै कुनामा पुगेपनी आफू जन्मेको ठाउँ र आफ्नो देश लाई कहिले बिर्सन नसक्ने बताउछन । आफ्नो यहि सोचाइलाई उनले गित मार्फत व्यक्त गर्न पाउदा आफू एक्दमै खुसी र सन्तुष्ट भएको बताउँछन् । आफ्नो जिल्लामा भएको विभिन्न पर्यटकिय स्थल, धार्मिक स्थल, कला र संस्कृती झल्काउने गरि उक्त गितको भिडियोको छायांकन पनि चाडै गरि विश्वका आमदर्शकहरुलाई दोलखा जिल्लाको बारेमा यसै गीति चलचित्र मार्फत चिनाउने उदेश्य राखेका छन उनले ।
मातृभुमीको बर्णन गरिएको गीति चलचित्र हाम्रो दोलखामा गितको रचनाकार गायक र सर्जक अमृत भारती हुन भने उक्त गितमा लय भने चर्चित लोक गायक रामकुमार नेपाली को रहेको छ । गितमा सङ्गीत संयोजन भने सन्जय श्रीपालले गरेका हुन । अनामनगर स्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा गितको अडियो को काम भयको छ । गायक के.सीका अनुसार गीति चलचित्र चाडै दर्शक माझ आउने छ ।









