बनेपा, व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापाबाट केहि युट्युबर पक्राउ परेका छन् ।
युट्युबर खगेन्द्र घिमिरेसहित हेमराज भट्टराई र सुवास कार्की पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो ।
एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ । १ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । घिमिरे युटुबर संजाल झापाका अध्यक्ष हुन यी संगै केही टिकटकरको पनि खोजी भै रहेको बताईएको छ ।








