रोशी डिजिटल प्रा.लि. द्वारा प्रकाशित समय दृष्टि साप्ताहिकको प्रथम वार्षिकोत्सव शुक्रबार रिपोर्टर्स क्लब नेपाल काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा लेखक तथा अधिवक्ता दीपक शर्मा जंगमको ‘दृष्टिकोण’ पुस्तक लोकापर्ण पनि गरिएको थियो ।
कर्णजित शुशिल बुढाथोकी, पुर्व सभासद तिलक थापा मगर, खड्क बहादुर वाइवा र अतिथि सबैले पुस्तक लोर्कापण गरेका थिए । कार्यक्रममा अधिवक्ता दिपक शर्मा जंगमलाई रोशी डिजिटल प्रा.लि.ले सम्मान गरेको थियो ।
रोशी डिजिटलका अध्यक्ष पुण्य बहादुर लामा (अरुण घिसिङ) ले १ वर्ष अगाडि सुरु गरेको पत्रिकाको सुरुवाती दिनमा नै कोरोना कहर सुरु भएको बताए । उनले २०७७ साउन ३० गते स्थापना भएको समय दृष्टि १ वर्ष पुरा भएर दोस्रो वर्षमा प्रवेश गरेको जानकारी दिए । उनले सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिए । राज्यको चौथो अंगको रुपमा परिभाषित गरेको पत्रकारीताले सम्पुर्ण पक्षलाई समेट्न सक्यो कि सकेन त्यो महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा सबैपक्षलाई समेटेर अगाडि बढ्ने बताए ।
लेखक तथा अधिवक्ता दीपक शर्मा जंगमले लेख्नलाई निकै गाह्रो हुने बताए । शर्माले कामको बाबजुद पनि बिभिन्न विषयमा कलम चलाएको बताए । उनले भने, ‘न्यायालय, राज्यका बेतिथी, अन्यायको कुरा, सरकारको गलत कुरालाई पुस्तकमा समेटेको छु ।’ उनले कुनै पनि राजनितिक दलको बारेमा पुस्तकमा उल्लेख नगरको बताए । उनले पुस्तक आफ्नो पहिलो जर्मको भएको र आफु बिरामी हुँदा पनि लेख्ने काम निरन्तर अगाडी बढाएको सुनाए । पुस्तक पढेर प्रतिक्रिया र सुझाव दिन समेत सबैलाई आग्रह गरे।
कार्यक्रममा अधिवक्ता हरिशरण बस्नेतले कानुन व्यवसायी भएर वकालत गर्दै गर्दा दीपक शर्मा जंगमले व्यवस्ताको बाबजुद पनि महत्वपूर्ण कार्य गरेको भन्दै देशको समय सान्दर्भिक कार्यलाई पाठकवर्गमा लैजाने जमर्को गरेको बताए । उनले शर्माले पाएको सम्मानले सम्पूर्ण कानुन व्यवसायी नै सम्मानित महसुस गरेको बताए । कार्यक्रम संचालन समय दृष्टिका प्रधानसम्पादक योगेश राल्फालीले गरेका थिए ।
कार्यक्रममा कार्यकारी सम्पादक इन्दिरा वाइवाले पत्रिका संचालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा सबैको सहयोग आवश्यक पर्ने भन्दै उनले सहयोग गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा पूर्व सभासद तथा नेपाल कम्युनिस्ट पार्टी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष कर्णजित शुशिल बुढाथोकी, रोशी डिजिटल प्रा.लि.का सल्लाहकार तथा पुर्व सभासद तिलक थापा मगर, नेपाली कांग्रेसका सिन्धुलीका उपसभापति खड्क बहादुर वाइवा लगायतको उपस्थिति थियो । रोशी डिजिटल प्रा.लि.ले दीपक शर्मा जंगमलाई निरन्तर पत्रिका प्रकाशनमा सफल भएको र लेखकले सुरुवाती दिनदेखि नै निरन्तर लेखिरहेको भन्दै सम्मान गरेको हो ।








