पिम नेपालको प्रस्तुतिमा कमला जोशी निर्माता रहेको नयाँ नेपाली फिल्म ‘कुईनेटो’ को टीजर हालै सार्वजनिक भएको छ ।
सुदुरपश्चिमका विभिन्न रमणिय स्थानमा छायांकन गरिएको यो फिल्ममा मौलिक विषयवस्तु समावेश गरिएको छ । प्रेम कथामा आधारित हाँस्य विधामा बनेको फिल्ममा
स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई समेटिएको निर्देशक माधव राज खरेलले बताए ।
फिल्ममा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यो फिल्मलाई कोभिड–१९ को प्रभाव केही कम हुने बित्तिकै सार्वजनिक प्रर्दशन गरिने निर्देशक माधव राज खरेलले जानकारी दिए ।
निर्देशक खरेलकै लेखन रहेको यो फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीर्जु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी आदि कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा किरण दाहालको द्वन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ भने फिल्ममा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्राकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शब्द तथा संगीत रहेको छ ।
हेर्नुस टीजर>








