विहिवार बुढानिलकण्ठ स्थित बोधिसत्व बिहारका प्रमुख भिक्षु हुवे क्वाङज्युको विशेष उपस्तिथिमा काभ्रेको पाँचखाल नगरपालिका वडा नं २ अनेकोटमा कोभिड–१९ महामारीबाट आफ्नो दैनिकी गुमाई जीवन धान्न कठिन भएका २ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।
राहत प्याकेजमा चामल एक बोरा, तेल २ लिटर, आँटा ५ केजि, मुसुर दाल २ केजि, कालो दाल २ केजि, मसला, नुन, चिनी, साबुन २ पिस लगायतका सामान रहेको थियो ।
राहत वितरण कार्यक्रम वडा नं २ स्थित देविस्थान र तिनकुनेमा भएको थियो । सो कार्यक्रममा नगरपालिकाका उपमेयर लक्ष्मी दनुवार, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, स्थानिय समाजसेवी राम चौलागाईं, रामेश्वर दाहाल, राहत कार्यक्रमका संयोजक डा. पियरत्न महर्जन र डा. भिक्षु राजु लामाको उपस्थिति रहेको थियो । कार्यक्रमको स्थानिय रुपमा संयोजन स्थानिय एवं नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले गर्नुभएको थियो भने कार्यक्रममा वडा अध्यक्ष खतिवडाले यो ठाउँ छनौट गरि आउनु भएकोमा आयोजक संस्था एवं पहलकदमी गर्ने ब्यक्तिहरु धन्यवादको पात्र रहनुभएको बताउनु भयो । उपमेयर दनुवारले राहत जसलाई आवश्यक छ त्यस्तालाई मात्र वितरण गर्नुपर्छ र यदि कसैलाई आवश्यक पर्दैन भने त्यस्ता ब्यक्तिले राहत फिर्ता गरि अरुलाई वितरण गर्न सहयोग गर्नुपर्ने कुरा बताउनु भयो । अन्त्यमा स्थानिय रुपमा नाम संकलनदेखि वितरणको बेलासम्म सबैको व्यवस्था मिलाउने स्थानीय समाजसेवी रामेश्वर दाहालले आफ्नो मन्तव्यमा उपस्थित सबै र राहत ब्यवस्था गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य राखेका थिए ।