नेकपा एमाले धुलिखेल ८ काे भेला सम्पन्न


धुलिखेल वडा न.८ नेकपा एमालेकाे संगठित सदस्य काे वडा भेला सम्पन्न भयकाे छ । पार्टी कमिटी वडाका अध्यक्ष राम वाईवाकाे सभापतित्वमाकार्यक्रम सम्पन्न भएकाे थियाे।
कार्यक्रममा प्रमुख आतिथिकाे रूपमा एमाले जिल्ला अध्यक्ष अशाेक कुमार व्यञ्जु,विशेष अतिथि धुलिखेल नगरका उप-प्रमुख तथा जिल्ला सदस्य विमला शर्मा ,जिल्ला सदस्यहरू माेहन गजुरेल ,साधुराम वडाल ,वडा अध्यक्ष निराजन जंगम लगाएतकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा वडा अध्यक्ष निराजन जंगमले वडामा अत्यावश्यक स्वास्थ्य ,वाटाे,पानी,विधुत र दैनिक जीवन निर्वाहकाे लागि आवश्यक पर्ने जनजिवन संग सराेकार राख्ने काम र युवा लक्षित सीप तथा क्षमाता विकासका काम गरेकाे र यसलाई निरन्तरता दिन भनाइ राख्नु भएकाे थियाे । त्यसैगरि प्रमुख अतिथि व्याञ्जुले नगरमा स्वास्थ्य काे दायरालाई अगाडि वढाउंदै वडा – वडामा स्वास्थ्य चौकि र केन्द्रहरू स्थापना गरेकाे,हाल काेभिड पछाडि खाेप लगाउनेमा देशै भरि धुलिखेल नगर अगाडि रहेकाे ,लगभग ८५% लाई खाेप लगाई सकेको विचार राख्नु भयकाे थियाे ।कार्यक्रम नेकपा एमालेको केन्द्रीय कमिटीले पारित गरेको पार्टी सदस्य नविकरण तथा नयाँ सदस्य वितरण कार्यक्रम लाई निरन्तर दिन वडाले पनि तिव्र गतिमा आफ्नो जिम्मेवारी पूरा गरेकोे थियाे

प्रतिक्रिया दिनुहोस्