बनेपा – काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का सुमन ढुंगाना ९ दिन देखि बेपत्ता भएका छन ।
सुमनको श्रीमती सम्झनाका अनुसार उनी यहीँ असार ३१ गते बाट सम्पर्क बिहिन भएको कुरा हामी लाई जानकारी गराउनु भयो । ३६ वर्षका सुमन आफ्नै घर बाट बेपत्ता भएका हुन ।
९ दिन सम्म पनि सम्पर्कमा नआए पछि उनकी श्रीमती सम्झना ढुंगानाले पाँचखाल प्रहरी चौकीमा खोजी गरिदिन निवेदन दर्ता गराउनु भएको छ । ५ फिट उचाइ , गहुँगोरो वर्ण र पातालो जिउडाल भएको सुमन बेपत्ता छन ।








