मेचीकाली पैदल यात्री कार्कीलाई साईकल यात्रामा सहयोग गर्न अपिल


गत वर्षको फाल्गुन ६ गते आफ्नो जन्मदिनको अवसर पारेर “विश्वभर सुख, शान्ती, समृद्धि र राष्ट्रिय एकताको कामना” सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर नेपालको पुर्वमेची देखि पश्चिम महाकाली सम्म लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा पूरा गरेका दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ घर भएका अभिनय कार्कीलाई सहयोग गर्न अपिल गरेका छन्।

         आफुले नेपालका ७७ वटै जिल्लाहरु सय दिनमा साइकलको मध्यम बाट भ्रमण गर्न लागेकाले सबैले सकेको सहयोग गरिदिन कार्कीले अपिल गरेका हुन् । हामी संगको कुराकानीमा उनले साइकल मार्फत पुग्न असम्भव भएका विकट एवम् दुर्गम स्थानहरूमा भने पैदल गरेर समेत पुग्ने तयारी रहेको उनले बताए मेची देखि महाकाली सम्मको पैदल यात्रा पूरा गरेर फर्किए लगत्तै उनले असारको ६ गते बाटनै साइकल यात्राको सुरु गर्ने तयारीमा लागेका थिए । तर कोरोना महामारीको कारण उनको यात्रा स्थगित हुन पुगेको थियो । अब भने उनले यहि आउदै गरेको असोजको ३, गते संविधान दिवसको अवसर पारेर दोलखाको कालिन्चोक भगवती मन्दिर परिसर बाट यात्राको सुरुवात गर्ने उनको तयारी रहेको छ।                                                         साईकलको माध्यम बाट सयदिनको अवधीमा नेपालभर भ्रमण गर्न लागेका कार्कीले “फ्रस्ट्रेशन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ” समृद्ध देश निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देश प्रवाह गर्दै साइकल यात्राको सुरुवात गर्न लागेका हुन् ।

पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु लागू औषध फ्रस्ट्रेसन, डिप्रेसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले आफु चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बन्नुपर्छ अर्थात उनिहरुलाई अगाडि बढ्न केहि न केहि प्रेरणा तथा उर्जा मिलोस भनेर समेत यात्राको सुरु गर्न लागेको उनले बताए ।

मेचीमहाकाली पैदल यात्रा गरिसकेका कार्किको साइकल यात्रा गरिसकेपछि तिनै यात्राको अनुभवहरुलाई समेटेर पुस्तक प्रकाशन गर्ने उनको मुख्य लक्ष्य रहेको छ।

यदि तपाईहरु पनि सल्लाह सुझाव एवम् आफुले सकेको सानोतिनो सहयोग गरेर अभिनय कार्कीको यात्रामा जोडिन चहानुहुन्छ भने यसरी सकिन्छ उहाँलाई सहयोग;

१. प्रभु बैंकमा (गोठाटार शाखा) उनको बैक खाता नं. 1260173852800018 रहेको छ । त्यहाँ बाट पनि आफुले सानोतिनो सहयोग पठाएर उनको यात्रा जोडिन सकिन्छ !                

२.तपाईहरुले इसेवा र खल्ती वालेटको माध्यम बाट पनि सहयोग पठाएर उनको अभियानमा जोडिन सक्नुहुनेछ । त्यसको लागि उनको इसेवा नं.9828807531 र खल्ती वालेट नं.9828807531 को माध्यम बाट पनि उनलाई सहयोग गर्न सकिनेछ।                         

अर्थात् तपाईहरुका कुनै सल्लाह सुझाव तथा यात्राको बारेमा कुनै जिज्ञासा अथवा यात्रालाई थप प्रभावकारी बनाउन तपाईका केही प्रतिक्रिया भएका सिधै +9779861568206 मा सिधै सम्पर्क गरेर स्वयम् अभिनय कार्की सँग थप बुझ्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार

अन्य समाचार

Share
Share
Ramro Sandesh
error: Content is protected !!