काभ्रेपलान्चोक – स्वर्ण पदकधारी तथा विश्व कीर्तिमानी अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’ मा भएको छ । सो युनिभर्सिटीको ब्लगमा उनको जीवनी उल्लेखित छ । उनको संघर्ष र उपलब्धीहरु बारे सो ब्लगमा विस्तृतमा चर्चा गरिएको छ ।
२०७२ सालमा राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित अर्पण शर्मा नेपालमा ट्रेनिंगको छेत्रमा चर्चित नाम हुन् । अहिले उनको माग विदेशबाट पनि आउन थालेको छ । उनले हंगकंग, थाईल्याण्ड लगायत विश्वका बिभिन्न देशहरुमा गएर आफ्नो छ्यमता प्रदर्शन गर्नुका साथै ध्यान र स्मरण शक्ति सम्बन्धी तालिमहरु पनि प्रदान गर्दै आएका छन् । सामाजिक संजालमा उनको विद्यार्थीहरुको प्रगति शेयर गरीरहने शर्माले तालिम पश्चात कुनै पनि सहभागीको स्मरण शक्तिमा उल्लेखनीय सुधार आउने बताउछन ।
सयौं अवार्डहरु बाट सम्मानित अर्पणलाई २०२० को December मा नेपाल जेसिसले उत्कृष्ट युवा पुरस्कार सहित स्वर्ण पदकले सम्मानित गरेको छ । यसका साथै उनी स्थानीय स्तरमा पनि दजनौं संघसंस्थाबाट पुरस्कृत भएका छन् । ध्यान र ज्ञानले सबैको प्रेरणा बनेका अर्पण शर्माको जीवनी कक्षा ५ को सामान्य ज्ञान पुस्तकहरुमा विद्यार्थीले पढ्नु पर्छ । उनले यो वर्ष थप दुई रोचक विश्व रेकर्डहरु राखी देशको शान उच्च बनाउने पूर्ण तयारीमा छन् ।








