गैर आवासीय नेपाली संघ एनआरएनएको आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी कार्यसमिति सदस्यमा केरावारी ९ देबिझोडा निवासी तारानाथ बास्तोलाले आफनो उम्मेद्धवारी दर्ता गरेका छन । देविझोडा सहयोग समुह,नमुना समुह, मोरङ सुनसरी सेवा समाज कतार लगायत सामाजिक सघ सस्थामा आवद्ध साथै लामो समयदेखि कतारमा बसेर ब्याबसाय गरिरहेका पवन नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेका व्यक्ति हुन उनले आफ्नो अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कार्यसमिति सदस्यमा उम्मेदवार दिएका छन, पवनले एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्न सक्छु भन्ने आत्म विस्वासका साथ उम्मेदवारी दिएको बताए । आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गरिरहेको बताउदै कतार बासी नेपाली हरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई कार्यसमिति सदस्यमा विजयी गराउन आग्रह गरेका छन ।