काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले राजमार्ग केन्द्रिय सवारी चेक जाँचमा कडाई गरेको । आज राजमार्गमा सवारी चेक जाँच गरि कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नू भयो प्रेसर हर्न प्रयोग गर्न जथाभावी पार्किङ गर्ने र ट्राफिक नियम पालना नगर्न १५० जना चालक तथा सवारी धनीलाई नियन्त्रणमा लिएर कार्वाही गरेका छौ ।
त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्न सवारी चालकलाई र यात्रुलाई माक्स समेत वितरण गरिएको प्रहरी प्रमुखले बताउनु भयो। ट्राफिक प्रहरीले अरनिको र बिपि राजमार्ग हुदै जाने आउने सवारी साधन चेक जाँचलाई कडा गरिएको हो । काभ्रेका भित्री सडकमा पनि सवारी जाँच गरिएको छ । बनेपा नगरपालिका करुणा मार्गमा जथाभावी पार्किङ गर्ने सवारी साधन लाई कार्वाही गरिएको थियो ।








