कोरोना भाईरस (कोभिड १९) को कारणले धेरै व्यक्ति तथा सामाजिक संघ संस्थाहरु मर्कामा परेका छन्। यसै सिलसिलामा गरिव,दिन,दुखि र घरवार विहिन परिवारलाई सहयोग गर्दै आएको “मानव कल्याण समाज” पनि एक हो यस सस्थाले पनि केहि व्यक्तिहरुको उद्दार गरेको छ।
युवा व्यवसायी तथा समाजसेवी असोक ढुङ्गानाले यसै सस्था मार्फत पिडितहरुलाई केहि राहत होस् भनि आर्थिक सहयोग गरेका छन्। ढुङ्गाना ले आर्थिक संगै केहि सामग्री र लत्ताकपडा पनि संस्थामा हस्तान्तरण गरेका छन्
भक्तपुर चागुनारायण वडा नम्बर ९ का झुझारु युवा तथा युवाहरूको ढुकढुकी युवा प्रेमी तथा समाजसेवी श्री अशोक ढुंगाना ले मानव कल्याण समाज कोषलाई रु. दश हजार (१०,०००) सहयोग,केही थान कपडा र सामाग्री प्रदान गर्नु भएको छ ।








