करिब दुई महिना को निषेधाज्ञा पछि बजार मा केहि चहल पहल बढे संगै गीत संगीतहरुमा पनि कलाकार हरुले केहि चासो देखाएको पाइन्छ निषेधाज्ञा पछि बिष्णु तामाङ र गिता श्रेष्ठ को स्वरमा “सालको पात जसरि” भन्ने गीत बजारमा सार्वजनिक गरेका छन् ।
आफैमा संगीतकार र गायक रहेका तामाङ ले गीत संगीत ले गीत संगीतलाई निरन्तरता दिदै यो गीत पनि सार्वजनिक गरेका हुन्। तामाङ् को शब्द संगीत ऐरेन्ज र स्वर रहेको धेरै गीत आम दर्शक स्रोताले हेर्दै र सुन्दै आएका र धेरै जस्तो एल्बमहरु चर्चा पनि रहेको छ। गायक तामाङ् अनुसार यो गीत पनि अरु गीत संगीत जस्तै चर्चा कमाउदै जने छ र सबै दर्शकको माया र साथ पाइनेछु भन्ने बिस्वास गरेका छन्।
उक्त गीतमा स्वर भने बिष्णु तामाङ् र गिता श्रेष्ठको रहेको छ। चर्चित छायांकन बिपिन क्षेत्रिको छायांकनमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन भने कपिल लामाले गरेका छन्। बिपिन क्षेत्रिले गीत संगीतको धेरै छायांकन गर्दै आउनु भएको र धेरै जस्तो निर्देशक ले बिपिन संग नै काम गर्न मन पराउने भएको छ।
यसै शिलशिलामा यस गीत “सालको पात जसरि” गीत को एल्बम को म्युजिक भिडियोको पनि छायांकन गरेका हुन्। यस गीतको ऐरेन्ज र म्युजिक गायक तामकै रहेको छ । साथै उक्त म्युजिक भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतम को अभिनय रहेको छ भने सिबपुरि म्युजिक नामक युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ। https://youtu.be/Jx33r0Y6fu8








