यो लेख काल्पनिक हो कसैको वास्तविक जीवन मा मेल खाएमा संयोग मात्र हुनेछ,पढेर प्रतिक्रिया दिनुहोला।
जिन्दगी आज खालि एउटा किताब बन्यो,सजाएका हजारौं सपनाहरु कल्पनामा बिलिन भए,मनमा पलाएका आशाका थुप्राहरु एकाएक सहिद भए,मान्छेन हु धेरै कुराहरु सोचिएका थिए जिन्दगीमा ,जानेर गरिएका गल्तिहरु न्यून थिए तर अन्जानमा भएका भुलहरु अबिस्मरणिय भए,अनौठो जिवनको बिचित्रको पात्र भए म,खुशी कसैलाइ दिन सकिनहोला तर नियत बश दुख कसैलाइ दिएको छैन भन्ने लाग्छ,बत्तिसौ वसन्त पार गर्दा धेरै भोगेको छु,आमाबाबु बिनाको जीवन,दाजुभाउजुको माया दिदिबहिनिको स्नेह समाजबाट पाहिने ताली गाली अनि आफन्त कुटुम्ब बाट गरिने व्यबहार लगभग सबैसबै तैपनि पुर्णबिराम लागेन जिन्दगीमा ,जानेर दुई पात्रलाइ धेरै रुहाएको छु तर फकाउन नसकिनेगरी हैन,चित्र जस्तोसुकै होस तर चरित्र शुद्ध हुनुपर्छ भन्नू मेरो गल्ती हुन पुग्यो,खएर केही छैन हासेर होस या रोएर ,दुखेर होस वा सहेर एक मुठी स्वास जिबितै राखेकोछु।

निशब्द छु तिमिलाइ के भनु कसरी भनु अनि कति भनु केही लेखाजोखा छैन मसङ्ग,बश यतिमात्र हो सम्झेको छैन तिमिलाइ किनकी सम्झिनको लागि पहिला बिर्सनुपर्दोरहेछ,धेरै गल्तिहरु मैले गरे तर गल्तिनै नगरी तिमिपनी बस्न सकिनौ,मसङ्गको प्रतिशोध लाई लिएर मनमा बदलाको भावना राखेर थुप्रै बिकल्पहरु रोज्यौ तिमिले तर सहि र गलत छुट्टाउन महाभारत भयो तिमिलाइ,फुल्नु अगाबै दुई कोपिला नस्ट भए,शाररिक र मानसिक यातना धेरै सहेकी छौ,कसैको खुशिको लागि हजारौं पटक नीरबश्र भएकी छौ,रगतको खोला बगायौ तैपनी कुनै दिन आफुलाइ कमजोर नबनाएकी तिमी कुनै पल मलाइ सम्झेर कमजोर बन्छौकी भन्ने डरले तरङगित भएको छु,वियोग मा बिछिप्त भएको मन सम्हाल्न पराइको हात समातेर दुइचार दृश्य मन्चन पनि गरेउ अरे तर बिडम्बना तन हजारौं लाई सुम्पिएपनी मन एकजनालाइ भन्दा बाड्न नसकिनेरहेछ जुन म भोगिरहेको छु,शुभकामना छ तिमिलाइ,मलाइ हेर्ने तिम्रो नजर दिनप्रतिदिन चौगुणा नकारात्मक बन्दै जावोस म त्यसमै खुशी छु,सन्सारभरिको खराब मान्छेको नाम लिनु पर्दा तिम्रो ओठमा पहिलो मेरो नाम उचारण होस,हिड्दा ठेश र नुहाउदा केश नझरोस तिम्रो सफलता ले शिखर चुमोस माया गर्ने र साथ दिने मान्छेको कहिले कमि नहोस,सोचेको चाहेको सबै पुगोस,धन सम्पती र गरगहनाले भरिपुर्ण होस,बहुमुल्य महल होस मैलेभन्दा धेरै गुणा माया गर्ने जिवनसाथी अनि खेलौना जस्तै देखिने प्यरा र मायालग्दा एकदुइ ओटा नानिबाबु हुन,घर माइती गर्दा तिम्रो परिवार देखेर दुनियाँ ले उदाहरण दिन सकुन कि परिवार यस्तो हुनुपर्छ भनेर,मैले तिम्रोलागी केही बनाउन सकिन भत्काइमात्र रहे चिचिलो सहित को वृक्ष जराबाटै उखेलिदिए जिवनभर नपलाउने गरि,तिम्रो सामु सुकिलो देखिन किमार्थ नमेटिने रङ्ग को होलि खेले,बदनाम भए,एक्लो भए,असामाजिक भए पुरापुरै तिमिले चाहेको र सोचेजस्तै भए तिम्रो रहरमुताबिक कानुनी जालोमा पनि फसे तर तिम्रो एउटा रहर अझै बाकी छ ,म खट मा चढेर चितामाथी सुतेको हेर्ने त्यो पनि छिटै पुराहोस,मैले स्पर्श गरेका तिम्रो शरिरका प्रत्येक अङ्ग हरु कोषहरु आज मेरो मानस्पटलमा विराजमान भएर बसेकाछन,मैले फेर्ने प्रत्येक स्वास मा तिमी छौ,मेरो मुटुको हर धड्कन मा तिमी डुबुल्की मार्दै बसेकी छौ,तिमिले चुमेका चुम्बन हरुले मेरो पुरै शरीर सिन्चित छ भने अब तिम्रो भौतिक शरीर को के आबश्यकता पर्छर मलाइ?तन त्यसलाइ दिनु जसले तिम्रो रुपलाइ माया गरेको छ,मैलेत तिम्रो सोच्छ र पबित्र मन हेरेर माया गरेको हु बाच्नको लागि तिम्रो सम्झना काफी छ।

तिमिले देख्ने हरेक सपनी को पात्र त बन्न नसकुला तर तर्साउने भुत पनि बन्नु नपरोस,तिम्रो हात समातेर जिन्दगी गुजार्न नसकेपनी बैसाखी बनेर बसुन तिम्रा यादहरु,तिम्रो आखाबाट बगेको आँसु पुछ्न नसकेपनि त्यो अँखा को कसिङगर बन्नु नपरोस,तिम्रो जिन्दगीमा मीठो याद बनेर बस्न त सकिन तितो अतीत पनि बन्नु नपरोस,तिम्रो लागि मेरो दिलमा यति सम्म स्थान छ दुइचार ओटा खेलाडी फेरेर जिन्दगीका अमुल्य खेलहरु हारेर मैदान बाट बाहिरिनु पर्यो भनेपनी मेरो मनको मैदान मा तिम्रो स्थान प्रमुख खेलाडी कै रहने छ मिस यु ,सानु लभ यु ,सुखी रहनु खुसी रहनु स्वास्थ रहनु,जादाजादै एउटि नारी जब बिबाहित हुन्छे तब उ कसैको मनमुटुमा तन मन वचन र कर्मले भरिपुर्ण रुपमा सजिएकी हुन्छे ,जब श्रीमान छोडेर दोश्रो श्रीमानको खोजिमा हुन्छन भने क्षणिक त राम्रो होला तर कालान्तरमा अभिशाप हुन सक्छ ।

लेखक -वाइ पि घिमिरे
बेथानचाेक २