नाला–कुन्ताबेशि सडकको कालोपत्रे शुरु


–मणिराम दाहाल
बनेपा नगरपालिकाको वडा नम्बर ४ र ३ हुँदै नाला–काशिभन्याङ–तिनघरे–कुन्ताबेशि सडकको कालोपत्रे शुरु भएको छ ।

पहिलो चरणमा नाला सेरासम्म कालोपत्रे भएको बाटो दोस्रो चरणमा सेरा– घट्टा सम्म हुने बताइएको छ । उक्त सडकका लागि पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले शहरी बिकास मन्त्रालय बाट २ करोड ९४ लाख ९६ हजार रकम बिनियोजन गर्नु भएको थियो ।

कालोपत्रेको अनुगमन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, वडा नं ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतका सरोकारवाला हरुको उपस्थिति भएको थियो ।
सडकको कालोपत्रे गर्ने कार्य बिराज, क्षितिज र दिब्यश्वरि कन्ट्रक्सनले पाएको थियो । यसरी नै पुर्व मन्त्रीले पहल गर्दै जाने हो र बजेट पर्दै जाने हो भने चाडै नै कुन्तासम्म कालोपत्रे हुने स्थानीयहरु बताउँछन् । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्