काभ्रेपलान्चोक – बनेपा गीत संगीत लाइ निरन्तरता दिदै काँठ क्षेत्रको मोडलिङ क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल सञ्जिव ठकुरी को अभिनय रहेको “अल्लारे माया” भर्खरै बजारमा सार्वजनिक भएको छ। आफ्नो जन्म दिनको केहि दिन मा नै ठकुरी ले आफ्नो अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
उक्त म्युजिक भिडियोमा ठकुरी लाई टिका जोशी ले अभिनय मा साथ उिएका छन् भने अमोन राना ले निर्देशन गरेका छन् । स्मृति गौतम र प्रताब दास को स्वरमा रहेको उक्त गीतमा शब्द संगीत किरण गौतम को रहेको छ। सामाजिक सञ्जाल मध्य अहिलेको समयमा मा धेरै प्रयोग र चर्चामा रहेको Tiktok मा पनि धेरैले यस गीतको बिभीन्न शब्द तथा संगीत मा आफ्नो अभिनय गर्दै गीतले धेरै दर्शक कमाएको ठकुरीले बताएका छन्।
ठकुरी को अभिनयमा रहेको धेरै म्युजिक भिडियोहरु मध्ये यस गीतले पनि चर्चा कमाउदै गएको छ। यस म्युजिक भिडियो लाई स्मृति गौतमको आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेको छ भने मुकेश हुमागाईं ले छायांकन गरेका छन्।








