समय संगै सिन्धुपाल्चोक जिल्लाले धेरै दुःख कष्ट झेल्दै आएको छ धेरै कलाकार साथिहरु ला सिन्धुपाल्चोक जिल्लामा गएर धेरै गीत गाउने र सबै क्षेत्र लाई न समेटिएको देखिएको छ तर दिनेश श्रेष्ठ र सानु गिरीले भने सिङ्गो सिन्धुपाल्चोक समेटिएको गीत “फेरि भेट हुन्छ कि हुँदैन” भन्ने एल्बम सार्वजनिक गर्ने तयारी गरेको उक्त टिमले बताएका छन्।

सिन्धुपाल्चोक जिल्ला एक पर्यटकीय क्षेत्र रहेको र सुन्दर वातावरण ले भरिपुर्ण भएको जिल्ला हो तर पनि सिन्धु जिल्लाले प्राकृतिक रुपमा धेरै धनजन गुमाएको छ यसै सेरोफेरोमा रहेर गायक दिनेश श्रेष्ठ र उहाँ को टिमले यो गीत छिट्टै बजारमा ल्याउन लागेका हुन्। सिन्धुपाल्चोक जिल्ला लाइ केहि राहत होस र सिङ्गो सिन्धुपाल्चोक बासिको मनमा सकारात्मक सोचको बिकास होस भनि उक्त गीत को सृजना गरेका हुन्।