Su Zee Na’Zz इन्टरटेन्टमन प्रा.लि.ले कोभिड १९को समयमा बालबालिकालाई घरमै बसि अझ रचनात्मक बनाउन “अनुभब साटौं,भनौं कथा, सुनाओैं कोभिडको समस्या” भन्ने मुल आशयका साथ जेठ ३१ गतेदेखि Suvani Pandemic Covid-19 Life Changer 2078 सिजन फस्ट कन्टेस्ट सुरु भई रहेको छ।

मिती २०७८/०३/१२ गते शनिबारको दिन zoom मार्फत यस कार्यक्रममा विद्यार्थी र विद्यार्थीका परिवारहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बरिष्ठ थ्रिटर आरटिस्ट केदार श्रेष्ठलेआफ्नो अनुभवहरु साट्नु भएको थियो भने विद्यार्थीका परिवारसँग भला कुसारी गर्नु भएको थियो। सो कार्यक्रममा नेवा: जगतका बरिष्ठ कलाकार गायक रबिन्सन कंसाकारको पनि सहभागीता रहेको थियो। गायक कंसाकारले यस कन्टेस्टका अयोजक टिमलाई शुभकामना दिनु भएको थियो भने आफ्नो साथीका छोरा छोरीहरुलाई पनि सहभागिता गराउने जानकारी दिनु भएको थियो।

सो कन्टेस्ट संचालनका लागि पाँच जना युवाहरु मिली सँगै कार्य गर्दै आएका छन्। यो एक महिना भर्चुअल सेसनमा हुनेछन् । सामाजिक दुरी र स्वास्थ मापदण्डका साथ विद्यालयका विद्यार्थीहरुले घरमा नै बसि यो कन्टेस्टमा सहभागी हुन सक्ने छन्। सो कार्यक्रममा कार्यक्रम संयोजक श्रीजन नारायण वैद्यले कार्यक्रमको बिस्तृत जानकारी दिएका थिए भने कार्यक्रमका सभापति, सुजिना श्रेष्ठले सो कार्यक्रममा सबैलाई साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा विशेष अतिथिका रुपमा समाजसेवी तथा यस कार्यक्रमका सल्लाहकार राजिब श्रेष्ठले आफ्नो बिचार राख्नु भएको थियो भने सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरेका थिए।

विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरीटेलिङ सेसन, अनुभब साटासाट, कोभिडको असर सम्बन्धीहरु भइराखे पनि यसरी जहाँसुकैबाट, जोकोहि इच्छुक बालबालिका र अभिभावक सहभागी हुन पाउने भर्चुअल सेसनमा ५ मिनेट सम्मको भिडियो बनाई फारम सँगै email वा फेसबुक पेजमा मेसेन्जर मार्फत पठाउन सकिने छ। यस्ता कार्य र कन्टेस्टले बालबालिकहरुलाई आफुमा भएको बोल्न सक्ने क्षमता पनि बद्ने अनि अलि लकडाउनको समयमा समयको पनि सदुपयोग हुने कार्यक्रम- संयोजक श्रीजन नारायण वैद्यको प्रतिक्रिया रहेको छ। वैद्य भन्नु हुन्छ “मेरो लागि यो पहिलो अनुभब हो । फरक फरक ठाउँका फरक फरक उमेर भएका समूहका साथीहरुसँग भेट्न म पनि आतुर छु। लकडाउनको समयमा बालबालिकाको प्रतिभा यसरी अगाडि ल्याउन पाउनु अहिलेको समयमा राम्रो हो। अहिले पहिलो सिजनमा ५ बर्ष देखि १७ बर्षको बालबालिकाले सहभागी हुन सक्छन्। सो उमेरका बालबालिकाहरुले ५ देखि १० बर्षका जुनियर र १० देखि १७ बर्ष सम्मको लागि सिनियर गरी दुई बिधामा सो कन्टेस्ट संचालन गरिएको छ।

यस कन्टेस्टमा सुजिना श्रेष्ठ कीर्तिपुरबाट लगायत अरु युवाहरु सिभानी कार्कि पोखराबाट , श्रीजन नारायण वैद्य काठमाडौं बाट,राजिब श्रेष्ठ काठमाडौं ,भक्तपुरबाट र बिपुलबहादुर अमात्य पाटनको प्रतिनिधि हुनुहुन्छ। अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने राजन थापाले जानकारी दिनुभयो ।