काभ्रेपलान्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरो बाट पिडित भएका नागरिकलाई बनेपा घर भएका समाजसेवी सागर रने लामाको नेतृत्वमा राहात बितरण गरिएको छ । अबिरल बर्षाले आएको प्राकृतिक बिपत्तिमा थोरै भएनी राहात दिने उदेश्यका साथ उक्त समुहले राहात बितरण गरेको हो । अत्यन्तै दयनीय अबस्थामा रहनुभएका स्थानीयबासी लाई अति अवस्यक पर्ने सोलार प्यानल ,खाने पानी पाईप, कपडा सिरक डस्ना तथा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

हेलम्बु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सुरेश लामा लाई सागर लामा(रने)लगायतको समुहले राहात हस्तान्तरण गर्नुभएको हो ।

गरिव दिन दुखिको सहारा बन्दै आएको पुष्पलाल लगायतको समुहले बिपत्तिमा परेर आफ्नो घर बार गुमाउन पुगेका मनिसहरुको साहारा बन्न साथी साथी बिच रकम सङ्कलन गरेर सहयोग गर्नुभएको हो । हिमाल पहाड तराईमा बसोबास गर्ने सम्पुर्ण नेपाली एक भई प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्न सागर रने लामाले अनुरोध समेत गर्नुभएको छ ।

लामा नेतृत्वको सहयोगी पुष्पलाल श्रेष्ठका अनुसार सोलार प्यानल ३ पिस ब्लन्केट ४५ पिस पि फम २५० मिटर चार्ज गर्न मिल्ने बत्ती ३० पिस टि(सर्ट २०० पिस ट्राक सुट २० पिस लेडिज आउटर १०० पिस तथा खानेपानीको समस्या देखिएकोले मुहान देखी बस्ती सम्म पानी ल्याउन ५०० मिटर खाने पानीको पाईप हेलम्बु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सुरेश लामा लाई सागर लामा (रने), पुष्पलाल श्रेष्ठ लगायतको समुहले मंगलबार हस्तान्तरण गर्नुभएको हो ।

सागर रने लामाको नेतृत्वमा गोबिन्द बुडाथोकी , बिकेन लामा मोक्तान , सुमन लामा , प्रेम लामा , केदार मल्ल , पुष्पलाल श्रेष्ठ लगायको समुह राहात बितरण गर्न हेलम्बु पुग्नुभएको थियो ।

वडा अध्यक्ष सुरेश लामा तथा स्थानियले सागर रने लामा र पुष्पलाल लगायको समुहलाई राहात बितरण गर्न आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।