काभ्रे  – यदि कांग्रेसले साच्चै बहिष्कार नै गर्नु थियो भने नगरसभामै जानु हुन्थेन । तर नगरसभामा गएर, आफ्नो कुरा राखिसकेपछि बहिष्कार गर्नुको खास अर्थ राख्दैन । तथापि बाहिर सन्देश कांग्रेसले नगरसभा बहिष्कार गर्यौ भन्ने त जाला । तर यसको भित्री रहस्य भने लोकप्रियता र नाटक बाहेक कांग्रेसको अरु केही पनि देखिँदैन । पनौतीमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । नगरसभामा उसका २३ जना सदस्य छन् । जहाँ ६ जना वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । १२ ओटा वडामध्ये नेकपा एमालेले पनि ६ वटा वडा जितेको हो । तर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ भने नगरसभामा पनि बहुमत रहेको छ । आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न हरेक स्थानीय तहलाई कानुनी प्रावधान राखिएको छ । त्यसै अनुरूप पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले हिजो नवौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । जबकि नवौं नगरसभा सम्पन्न भएको र नीति, कार्यक्रम तथा बजेट पास भएको नगरपालिकाले जानकारी गराइसकेको थियो । यो बेला विपक्षी दलले बहिष्कार गर्नुभनेको लोकप्रियता कमाउनु बाहेक अरु केही देखिँदैन । अघिल्लो आर्थिक वर्षको नगरसभा पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेको जनाएका थिए । तर नीति, कार्यक्रम तथा बजेट पास भयो र कार्यान्वयन पनि । कांग्रेसले बहिष्कार गरेको हो भने हिजोको बैठकमा सहभागी नै हुनुहुन्थेन । किनभने कस्ता कार्यक्रम र कति बजेट आउँदै छ भन्ने कुरा नगरसभामा जानु अघि कार्यपालिका बैठकमा छलफल हुने गरेको छ । कार्यपालिका बैठकले नै नगरसभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बजेट स्वीकृत प्रदान गर्ने कानुनी प्रावधान छ । त्यो कार्यपालिका बैठकमा कांग्रेसका पनि सदस्य सहभागी थिए । तर कांग्रेसका जनप्रतिनिधिहरुले नेकपा एमालेले एकलौटी ढंगबाट बजेट ल्याएको भन्दै नगरसभा सकिँदै गर्दा बहिष्कार गरेको घोषणा गरे । छ जना वडाध्यक्ष चैत २३ जना नगरसभा सदस्यले बहिष्कार गरेको बताएपनि नवौं नगर सभाले पनौती नगरपालिकाको लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । ‘हिजो हामी बैठकमा सहभागी भएर आफ्नो कुरा कडाईका साथ राख्यौं र बजेटमा आफूहरूको असन्तुष्टि रहेको प्रष्ट सँग भन्यो, हामीले आशा गरेका थियौ नगरप्रमुख न्यौपानेले हाम्रो माग सम्बोधन गरिदिनुहुनेछ । तर उहाँले त्यसो गर्नुभएन । बैठक अगाडि बढाउने तयारी गर्नु भयो । त्यही भएर हामीले नगरसभा बहिस्कार गर्ने निर्णय गरौँ, वडा नम्बर ६ का सुधीर सापकोटाले भन्नुभयो ।’ आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब, ६५ करोड, ६६ लाख, ३५ हजार रुपियाँको बजेट नगरप्रमुख न्यौपानेले हिजो नगरसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसैसँग नगरसभामा प्रस्तुत भएका सबै प्रतिवेदन समेत पास भएको छ । मिलिजुली खबर