काभ्रेः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्चीका बाढी पीडितलाई राहतस्वरुप जस्ता पाता सहयोग गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेले बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु–२ चनौटेमा पुगेर हेलम्बु–मेलम्चीका बाढी पीडितलाई २५ बण्डल जस्ता सहयोग गरेका हुन् ।
बाढी पीडितलाई सहयोग हस्तान्तरण गर्दै पुर्व उर्जा मन्त्री दोङले भने, ‘बाढी पीडितलाई सहयोग गर्न आगामि दिनमा पनि तयार छ । हामी बाढीले प्रभावित देशका सबै क्षेत्रहरुमा राहत वितरणमा जुटिरहेका छौं ।’
क्रान्तिकारी, काभ्रेका उपाध्यक्ष निरेश लामाले राहत दिनेहरुले खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग गरेको भए पनि ओत लाग्ने ठाउँ नहुँदा खुल्ला आकाशमुनि र थोत्रो प्लाष्टिकको टहर बनाएर बस्न बाध्य बाढी पीडितलाई जस्ता उपलब्ध गराइएको बताए । उनको अनुसार पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र नेता दैवलाल घिसिङ (अनुशिल)को विशेष उपस्थितिमा हेलम्बु–मेलम्चीका बाढी पीडितलाई २५ बण्डल जस्ता (२७५ पाता) सामूहिक रुपमा बस्ने मिल्ने गरी स्थानीय भरत थापा लगायतलाई हस्तान्तरण गरेका छन् । प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै उक्त बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू गरेको अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ । जिल्ला तथा बाहिरका कोरोना, पहिरो तथा बाढी पीडितलाई अनेरास्वियू (क्रान्तिकारी) काभ्रेले प्रभावित क्षेत्रमा पुगेर लगातार राहत बाँड्दै आएको छ ।
बाढी पीडितहरुले केही हदसम्म खानाको व्यवस्था भएपनि ओत लाग्ने ठाउँको अभाव झेलिरहेको बेला अनेरास्विियू (क्रान्तिकारी) काभ्रेले ठूलो काम गरेको भन्दै खुशी व्यक्ता गरे । साथै उनीहरुले सबैलाई सहयोगका लागि हातेमालो गर्न आग्रह समेत गरेका छन् । सुनकोसी र भोटेकोसी नदिमा आएको बाढीले हेलम्बु–मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी मावि र त्यस आसपासमा अस्थायी टहरा बनाएर आश्रय लिएर बसेका छन् ।
यसअघि मेलम्चीमा एमाले निकट अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत बाँड्न खोज्दा विवाद भएको थियो । ब्यानर देखेपछि स्थानीयले उक्त ब्यानर च्यातेर यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेलसमेत भएका थिए ।
बाढी प्रभावित क्षेत्रमा जस्ता लिएर माओवादी केन्द्र काभ्रेका नेता तथा पुर्व उर्जाराज्य मन्त्री दोङ जिल्ला कमिटी सचिवलय सदस्य घिसिङ (अनुशिल), जिल्ला कमिटी सदस्य गोकुल डोटेल, रमेश हुमागाईं, क्रान्तिकारीका केन्द्रिय सदस्य दुदराज लामा, काभ्रेका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्धय निरेश लामा, विजय लामासंगै निर्मला गौतम, हिमाल गौतम, सिर्जना तामाङ, विवस लामा लगायतको विद्यार्थी नेताहरु पुगेका थिए । सोही अवसरमा बनेपाको धनेश्वरस्थित् रहेको तेण्डेल हार्डवायरको प्रोपाईटर सुरेश घिसिङ र व्यवसायी उपेन्द्र श्रेष्ठले पनि बाढी पीडितलाई जस्ता सहयोग गरेका छन् । जसमा हार्डवायरको प्रोपाईटर घिसिङले ९ बण्डल र श्रेष्ठले ६ बण्डल जस्ता सहयोग गरेका हुन् ।








