काभ्रेपलान्चोक – कोरोना भइसकेको कारण नेपाल मा पनि दोस्रो पटक लकडाउन भएको छ यसै शिलशिलामा नेपाल सरकारले कोभिड बिरुद्ध को खोप लगाई रहेको छ। तर अत्यावश्यक सेवामा रहेको नेपाल आयल निगम का आधिकारिक बिक्रेता प्रेट्रोल पम्पका कर्मचारीहरुलाई कोभिड बिरुद्ध को खोप नलगाएको भनि सबै पम्प हरुले आफ्नो क्षेत्रमा नारा सहित को ब्यानर टाँसेको छन्।
पटक पटक नेपाल आयल निगमलाई पत्रचार गर्दा पनि चरम लापरबाही भएको देखिन्छ । काठमाडौं, ललितपुर, भक्तपुरका केहि पम्पहरुमा ए सरकार “खोप दे श्रम दे” भन्ने कालो कागज टाँसिएको छ।








