ललितपुर । कोरोना कहरकाबिच अविरल वर्षापछि आएको बाढी पहिरोले देशैभर वितण्डा मच्चाईरहेको छ । त्यति मात्र नभएर कोरोना नियन्त्रणका लागि गत बैशाख १६ गते देखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा खाद्यान्न अभावका कारण दैनिक दैनिक ज्यालामजदुरी गरेर खाने मजदुरहरु भोकभोकै बस्न पनि बाध्य भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विशेषगरी मजदुरहरुलाई खाद्यान्नको अभाव भइरहेको छ । उनीहरुलाई विभिन्न संघसंस्था तथा समाजसेवीहरुले राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण गरिरहेका छन् । यस्तैमा सामाजिक अभियान्ता राजेश्वरी श्रेष्ठको टिमले शनिबार विभिन्न जिल्ला घर भई गोदावरी र इमाडोलमा बसोबास गरिरहेको दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्न मुस्किल भएकाहरुलाइ खाधान्न वितरण गरेका छन् । दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको बर्तमानको निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा, यथेस्ट संचित खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएका कारण तत्काल रासन राहतको आवस्यकता भएका अति बिपन्न मजदुरहरुको राहतको लागी आफुले सहयोग गरेको सामाजिक अभियान्ता श्रेष्ठले बताईन् ।
गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारीको आग्रहमा उक्त क्षेत्रका मजदुरहरुलाई खाधान्न सहयोग गरिएको समाजसेवी एवम् पत्रकार राजन थापाले बताए । उनीहरुलाई चामल, दाल, तेल,आलु, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको थापाले जानकारी दिए । लकडाउनको कारण सबैलाई समस्या भएको होला, तर हाम्रै जिवन रक्षाको लागी सरकारले गरेको निर्णयलाई हामी सबैले मान्नु पर्दछ, उनले भने यस्ता दैनिक ज्यालादारी गरी खाने बर्गलाई लक्षित गरी सरकारले पनि केही राहत कार्यक्रम ल्याउनु पर्ने हो त्यस्तो हुन सकेको छैन। अब झनै संकट पर्ने देखिन्छ त्यसैले यस्ता बर्गको बारेमा सबैले बेलैमा सोचौं ।
समाजसेवी जयप्रकाश श्रेष्ठ, सुर्य बैदार,रिता सापकोटा, बेबि राजभण्डारीको टिम लगायतको उपस्थितिमा उक्त खाद्य सामाग्री वितरण गरिएको थियो ।
It is made by soaking oats in water, mixing, and тонерин цена straining the blend to draw out the liquid.








