काभ्रेपलान्चोक – झापा लखनपुर ५ घर भइ माइती सिन्धुपाल्चोक साबिक ९ नम्बर वडा रहेर बनेपा नगरपालिका वडा नम्बर ५ बस्दै आउनु भएको सबिना राई बनेपाको तरकारी बजार अगाडि दुर्घटनामा पर्नु भयो । त्यही घटनामा उहाँ संगै काभ्रे पाँचखाल अनेकोट वडा नम्बर १ घर भएका व्यापार व्यवसाय गर्दै आउनु भएको नन्द केशर तिमल्सिनाको मृत्यु भयो ।
घटना बनेपा तरकारी बजारको हो । बिहान ४ बजेको घटना हो । बिहानै तरकारी लिन जानू भएको बानियाँ दुर्घटना पर्नु भयो । तरकारी लिएर बाटोमा बसेर तरकारी बेच्दै आउनु भएको थियो । त्यो दिन उहाँसँगै तिमल्सिनाको लागि कालो दिनमा परिणत भयो ।
दैनिकी ज्यालादारी काम गरेर बस्दै आउनु भएको बानियाँ लकडाउनका कारण तरकारी लिएर सडकमा बसेर तरकारी बेच्दै आउनु भएको थियो । उहाँ श्रीमानसँग पनि टाढा भएर बस्नु भएको रहेछ ।
बिहानको ४ बजेको समयमा दुर्घटना भएको कारणले कसले दुर्घटना गरायो भनेर यकिन भएको छैन । यसको अनुसन्धान भैरहेको र घटनाको वास्तविकता केही दिनमा नै सार्वजनिक गर्ने काभ्रे प्रहरीले जानकारी दिएको छ । रातको समयमा घटना घटेको कारणले सिसि टिभीमा राम्रो सँग नदेखिएको प्रहरीले जानकारी दिएको छ ।
आर्थिक अवस्था निकै कमजोर भएकोले घाइते सबिना राईको दिदिले बनेपा नगरपालिका वडा नम्बर ५ बाट सहयोग जुटाउको लागि पत्र नै बनाएर सहयोग उठाउदै हिडनु भएको छ ।
बनेपाको सडकमा बत्ति र सिसिटिभी राम्रो नभएको कारणले अनुसन्धान गर्ने निकै कठिन भएको प्रहरीले जनाएको छ । जसका कारण बनेपा नगरपालिकाका मा राती कुनै घटना भयो भने त्यसको वास्तविकता पत्ता लगाउन निकै समस्य रहेकोे बताइएको छ ।









