कर्णप्रिय गायक आनन्द खत्रीको कोरोनाले संसार लुटेको छ ।
थुप्रै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका गायक खत्रीले समसामयिक विषयबस्तुलाई समेटेर ‘कोरोनाले संसार लुट्यो …’ बोलको कारुणिक गीत बजारमा ल्याएका छन् ।
कोरोनाले संसार लुट्यो, साथिभाइ आफन्त छुट्यो
आँखाबाट आँशु झर्छ रोएर धरधरी, बस्नु प¥यो कतै नगई आ आफ्नै घरभरि
कोभिड १९ का कारण छट्पटिएको विश्व अनि साथिभाइ आफन्तसँग बिछोडिनु पर्दाको पीडालाई खत्रीले गीतमा समेटेका छन् । विश्वलाई नै हल्लाइरहेका कोरोनाका कारण पिडा भोग्नेहरुको भावनालाई समेटिएको खत्रीको ‘कोरोनाले संसार लुट्यो …’ बोलको गीतले समसामयिक तीतो यथार्थतालाई उजागर गरेको छ ।
खत्रीकै स्वर, शब्द, संगीत रहेको ‘कोरोनाले संसार लुट्यो …’ मा दिपेश सिंहले गीतार बजाएका छन् । एरेन्ज, छायाँकन, सम्पादन, कलरिङ विकास शाक्यको रहेको गीतको अडियो÷भिडियो बिवेक साउण्ड स्टुडियो एण्ड प्रोडक्सनको रहेको छ । गीत गायक खत्री कै अफिसियल यु ट्युब च्यानलले बजारमा ल्याएको हो ।
कोरोनाका कारण खुम्चिनु परेको जिन्दगीको उतार चढावलाई सहजै चित्रण गरिएको मार्मिक अनि कर्णप्रिय गीत मर्मस्पर्सी रहेको छ । ‘कोरोनाले संसार लुट्यो …’ बोलको गीतमा उनले यसरी वेदाना पोखेका छन् ।
बाँचिहिड्ने सबको रहर, रोएको छ गाउँ शहर
छोडि जाने यो संसार आफन्त साथिभाइ, सुनिदिने कोहि छैन के भन्नु कसलाई