मोहन गजुरेल काठमाडौं विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले महावीर पुनले सञ्चालन गर्दै आउनुभएका राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । कोभिड १९ विरुद्ध सो आविष्कार केन्द्रले गर्दे आएको स्वास्थ्य सामग्री उत्पादन लगायतका काममा सहयोग पुग्ने गरी ग्लाेवल नेपालिज सेफ फेडेरेसन युकेका संयाेजक तथा इन्टरनेशनल नेप्लीज सेफस सोसाइटीका अध्यक्ष समेत रहनुभएका अर्जुन बहादुर थापाले एक लाख रुपैया नगद सहयोग गर्नुभएको हो ।अघिल्लो वर्ष पनि समस्या परेका सेफहरूकाे लागि ग्लाेवल नेपालिज सेफ फेडेरेसन मार्फत उहाँले एकलाख नै पठाई राेग र भाेकमा रहेका सेफहरू लाई हांसाे दिनु भयकाे थियाे त्यसै गरि संस्था मार्फत नेपाली सेफ सन्ताेष शाह तथा सेफहरूकाे सम्मानकाे लागि १ लाख वरावरकै सम्मान कार्यक्रममा सहयाे पुर्याउनु भयकाे थियाे ।अन्य धेरै कार्यक्रमहरूमा सेफ अर्जुन थापाले व्यक्तिगत तथा संस्थागत सहयाेग पुर्याउंदै आउनु भयकाे छ ।
कोभिड विरुद्धको काममा सहयोग गर्न पाउँदा खुशी लागेको थापाले बताउनुभयो होटेल म्यानेजमेण्ट एण्ड टेनिङ सेन्टर हालको नाथमबाट तालिम लिएर पछि त्यहि प्रशिक्षक समेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र युकेमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ । विदेशी नेपाली माझ प्रतिष्ठित सेफसका रुपमा परिचित थापाले हाल नमस्ते गोर्खा रेष्टुरेण्ट लण्डनको फेल्थममा चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकीङ स्कूलमा कुलीनरी आटर्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा व्रिटीस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजनेस एडमिनिस्टेसनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।
सेफ थापाले नेपाली खाना अन्तर्राष्ट्रिय गर्ने कार्यक्रममा पनि
आफ्नो क्षेत्र बाट सक्दाे सहयाेग गर्नुका साथै पुराना सेफकाे सम्मान र याेङ्ग सेफहरू लाई सकरात्मक तिर लैजान ज्ञान वर्दक अनलाई कार्यक्रमहरू संचालन गर्दै आईरहनु भयकाे छ ।