जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छैटौ पटक थप ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले असार १ देखि ७ गतेसम्म थपिने निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, निर्माण क्षेत्र, सहकारी तथा वित्तिय क्षेत्र संचालनको मोडालिटीमा परिवर्तन भएको जानकारी दिए । सार्वजनिक यातायात भने पूर्ण रुपमा बन्द हुनेछ ।










