काभ्रेको बनेपा नगरपालिका ९ मा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । नगरप्रमुख लक्ष्मी नर्सिङ बादे श्रेष्ठले आज स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले अहिले स्वास्थ्य चौकी भवन शिलान्यासको कामलाई तीव्रता दिइरहेको छ ।

नगरपालिकाले यसअघि वडा १ स्वस्थ्य चौकी, वडा नम्बर १०, वडा नम्बर ५ र वडा नम्बर ७ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । सबै स्वास्थ्य चौकी भवनहरू ४ कोठेका हुने छन् ।

नगरभित्र स्वास्थ्य चौकी भवन नभएका १० वटा वडाहरुमा स्वास्थ्य चौकी भवनहरु निर्माण सम्पन्न गर्ने नगरप्रमुख बादेले जानकारी दिए । उनले निर्धारित समयमै काम उपभोक्ता समितिलाई निर्देशन समेत दिएका छन् । सबै शिलान्यास भएका स्वास्थ्य चौकी भवनहरू उपभोक्ता समिति मार्फत बन्ने छ ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहाल,प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती,वडा अध्यक्ष शेर बहादुर सुवाल, उपभोक्ता समितीका अध्यक्ष नृपेश बादे लगाएतको उपस्थिती रहेको थियो ।

खुल्ला खबर