खानीखोला, काभ्रे जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाको वडा तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ । ने.क.पा. (माओवादी केन्द्र) प्रवास विभागले पठाएको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एण्टीजेन किट, थर्मल गन, अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले प्रवास विभागले गत शुक्रबार काभ्रे जिल्ला कमिटीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको स्वास्थ्य सामग्री कोरोना भाईरसबाट बच्नको लागि सचेत रहन आग्रह गर्दै विहीबार खानिखोलाको सबैवडाहरुमा वितरण गरिएको बताए । माओवादी केन्द्र जिल्ला कमिटी सचिवलय सदस्य दैवलाल घिसिङले खानीखोलाको प्रत्येक वडामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए । उनका अनुसार खानीखोलाको वडा नं. १ को फलाटे, वडा नं. २ को फलामेटार, वडा नं. ३ को सौरे, वडा नं. ४ वडा जगथली, वडा नं. ५ को ताल्ढुंगा, वडा नं. ६ को माजीटार र वडा नं. ७ को महांकालमा गरी सर्जिकल मास्क १ हजार थान, थर्मल गन २ थान, अक्सिमिटर १२, पिपिई ८, ग्लोबस १ सय, डिटोल साबुन १ हजार, एन्टिजेन ५०, साइनेक्स २०० थान र सेनिटाइजर २ लिटरको दरले प्रति वडामा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।
स्वास्थ्य सामग्री गर्न छिन्ताङ र अनुशिलसँगै माओवादी केन्द्रका जिल्ला नेताहरु खडक बहादुर जिम्बा (अबिरल), दावा घिसिङ, वाइसियलका नेता भिम घिसिङ लगायतको टोली खानीखोलाको गाउँ–गाउँ पुगेका थिए । युवा नेताहरु राजन अधिकारी, सागर जिम्बा, बिनोद कुसले स्वास्थ्य सामग्री जम्मा गर्न सहयोग गरेको थियो । धुलिखेल निवासी युवा नेता श्रीराम थापाले ५ हजार थान सर्जिकल मास्क सहयोग गर्नु भएको छ । त्यस्तै आहानाा नेपाल फाउन्डेसनले पनि खानीखोलाका विभिन्न वडामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।








