समाजसेवी लोप्चनद्वारा खाद्य सामग्री हस्तान्तरणसँगै वितरण


काभ्रेः दोस्रो लहरको कोरोना महामारीका कारण समस्यामा परेका नागरिकहरुका लागि स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ । समाजसेवी बुद्धिमाया लोप्चनले सम्पदा संरक्षण तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष शंखजित लामालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

समाजसेवी लोप्चनले कोरोना महामारी विरुद्धको लडाईंमा आफू समस्या परेका नागरिकहरुसँगै रहेको बताए । कोरोनाको कारण चपेटामा परेका जनताको घरदैलोमा पुुगिरहेको र उनीहरु रोगले भन्दा पनि खाद्यन्न अभावले थप समस्यामा नपरुन् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनको भनाई छ । समाजसेवी लोप्चनले समितिलाई चामल, दाल, तेल, नुुन लगायतका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त खाद्य सामग्री लोप्चनले हस्तान्तरण गरेसँगै समितिका अध्यक्ष लामाको रोहबरमा रोशी गाउँपालिका वडा नम्बर २ का नागरिकलाई राहतस्वरुप वितरण गरिएका छन् । त्यस्तै समितिका अध्यक्ष लामाले संकटमा परिरहेको बेला खाद्य सामग्री उपलब्ध गराएकोमा गाउँबासीको र समितिको तर्फबाट समाजसेवी लोप्चनलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्