ठुलो भएपछि मोडल र प्रहरी निरिक्षक बन्न मन छ , बाल कलाकाकर शितल राना मगर


काभ्रेपलाञ्चोक, पछिल्लो समयमा नयाँ नयाँ बाल कलाकारको अगमन भैरहेको छ । कोही गित गाउनमा मायुर देखिन्छन् भने कोही कमेडी गर्ने खप्पिस देखिन्छन् कोही अभिनयमा पोक्त भएर गित संगितमा आएका छन् । यस्तै नुवाकोट जिल्लामा जन्मनु भएको बाल कलाकाकर शितल राना मगर अभिनयमा निकै मायुर देखिनु हुन्छ । उनले अभिनय गरेका भिडियोहरु सामाजिक संञ्जालमा भाइरल हुनुको साथै टिकटकमा पनि उनले गरेको अभिनयलाई धेरैले रुचाएका छन् । तार्केस्वर गाँउपालिका वडा नं छ तारुकामा जन्मिएकी हनु ।

आमा अनिता आले(राना) र बाबु वसन्त राना मगरको कोख बाट जन्मलिएकी उनी हाल गोङ्गबु गणेशथानमा रहेको माउन्ट रेडिएन्ट बोर्डिङ स्कुलको कक्षा दुई मा पढ्दै आएकी छिन् । पढाइमा पनि अति अब्बल, डान्स गर्नमा पनि अति ट्यालेन्ट राना मगर एके डान्स स्टुडियो मनमेैजु काठमाडौंमा डान्स सिक्दै गरेको बताइन् । उनी पछिल्लो समयमा चर्चामा रहेको गित घैया मकै गाउने गायक रामशरण आले मगरको आफ्नै भान्जि पनि हुन् । दुई बर्षको उमेरमा नै उनले रामशरण आले र सुनिता छिनालले गायको तिमी जस्तो पापिनी मलाई चाहिदैन गितमा मोडल राज तमाङ र बसन्ति बिष्टको छोरिको भुमिका अभिनय गरेको थिईन ।

त्यसपछि रामशरण आले र सम्झना लामाले गाएको मर्ने निधो, रामशरण आले, भोजराजरखाल र पार्बति कार्किले गाय को बारिको बनमारा, गिता देबि र जिएस सँगमले गायको आधुनिक गित मुटुको घाउ, रामशरण आले र सम्झना लामाले गायको दशै तिहार बस है मानेर, सम्भु नेपालको लय शब्द रहेको घमेश दुलाल र गोमा कोईरालाले गायको आयो दशै गरिबलाई रुवाउन र अहिलेको काठ क्षत्रको निकै चर्चित गित जुन गितमा सम्भु नेपालको शब्द रामजि थापाको लय रामशरण आले रामशरण ढकाल र काव्य आचार्यको सुमधुर स्वर रहेको घैया मकै गितमा नेपाल प्रहरीको ड्रेसमा शितल राना मगर र पृथ्वी आले ईन्सपेक्टरको बर्दिमा सँगै नाचेको देख्न सकिन्छ । साथै पार्बति कार्कि र राम स्याङतानले गायको तिमी मेरो गित लगायत ७ वटा म्युजिक भिडियोमा अभिनय र चालिस वटा भन्दा बढि कभर डान्स गरि सकेकि शितल राना मगर घैया मकैबाट झनै बढि चर्चामा आएकी छिन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागि अरबिन्द्र गौतमले बाल कलाकार शितल राना मगरसँग गरेको छोटो अनि मिठो कुराकानी

नमस्कार । के गर्दै हुनुहुन्छ आज भोली ?
हजुर दादा नमस्कार, म आजभोली घर तिर नै छु कोरोना भाइरसले गर्दा केही पनि गर्न पाएको छैन् स्कुल पनि बन्द छ, डान्स स्टुडियो पनि बन्द भयो । घरमा नै बसेर अनलाइन कक्षा लिन्छु अनि र्फुसदको समयमा डान्स सिक्दै छु ।

डान्स कसरि सिक्नु भयो ?
मलाई डान्स गर्न धेरै मन लाग्छ । एके डान्स स्टुडियो मनमेैजु काठमाडौंमा डान्स सिक्द आएको छु । घरमा पनि डान्स गरेर बस्छु ।

अभिनय गर्न सजिलो छैन नि कसरी गर्नुहुन्छ ?
म्युजिक भिडियोमा गर्दा सिकाउनु हुन्छ अनि सिकाए अनुसार नै गर्छु । डान्स पनि सिक्दै आए छु सजिलो नै लाग्छ ।

अहिले सम्म कति वटा गितमा अभिनय गर्नुभयो ?
सात आठ वटा म्युजिक भिडियोमा अभिनय गरेको छु ।

तपाईले अभिनय गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
अहिलेको काठ क्षत्रको निकै चर्चित गित जुन गितमा सम्भु नेपालको शब्द रामजि थापाको लय रामशरण आले, रामशरण ढकाल र काव्य आचार्यको सुमधुर स्वर रहेको घैया मकै गित हो । यसमा गितमा प्रकाश राज तामाङ, सुजता भटराई, दिपेश ढकालसँगै मेरो अभिनयमा देख्न सकिन्छ ।

घरमा आमा बुबाले कलाकार बन्नको लागी कतिको सहयोग गर्नु हुन्छ ?
मलाई आमा बुबाले धेरै नै सहयोग गर्नु हुन्छ । बिशेष गरि कलाकारीता क्षेत्रमा ल्याउने मेरो मामा राम शरण आले मगर हो उहाँले गर्दा नै म यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

तपाईको म्युजिक भिडियो बजारमा आएपछि शिक्षक र साथिहरुले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
शिक्षकहरुले राम्रो नै भन्नु हुन्छ । पछिल्लो समयमा निकै चर्चामा रहेको घैया मकै गित झनै राम्रो लागेको बताउनु भएको छ र मेरो अभिनय देखेर खुसी नै हुनुहुन्छ । साथिहरुले पनि राम्रै छ भन्नु हुन्छ ।

सुरुमा म्युजिक भिडियो खेल्न अवसर कसले दियो ?
मेरो मामा राम शरण आले मगरले गर्नु भएको हो । उहाँको गित बाट अभिनय सुरु गरे अनि उहाँ कै गित घैया मकै बाट नै धेरै चर्चा कमाए ।

पछि गएर के बन्न चाहानु हुन्छ ?
भबिस्यमा राम्रो मोडल तथा डान्सरको साथै नेपाल प्रहरीको प्रहरी निरिक्षक बन्ने लक्ष रहेको छ ।

तपाईले एउटा छान्नु पर्दा मोडल, डान्सर अथवा प्रहरी निरिक्षक के छान्नु हुन्छ ?
यो मेरो अहिलेको चाहाना हो । म मोडल, डान्सर र प्रहरी निरिक्षक बन्न चाहान्छु ।

अब तपाईले अभिनय गरेको गित कुन आउदैँ छ ?
कोरोना भाइरसले गर्दा लकडाउन छ । गितहरु पनि धेरै रेर्कड भएको छैन । यो लकडाउन सकिन साथ नयाँ गित लिएर आउने छु ।

अन्तमा ?
दादा लाई धेरै धेरै धन्यवाद । सदैब मलाई यसरी नै माया गरेर साथ सहयोग गर्दिनु होला । अनि सम्पुर्ण लाई मेरो गित हेरिदिनु होला माया गरिदिनु होला भन्छु ।

प्रतिक्रिया दिनुहोस्