पनौती । काभ्रेपलान्चोक पनौती नगरपालिका वडा न ४ स्थित तपाईं हाम्रो साप्ताहिक कार्यालयको प्राङ्गणमा हिजो जेष्ठ २१ गते बिहान नेकपा एमाले माधब प्यानलका आधिकारिक युवा संघ नेपाल र अनेरास्ववियु काभ्रेको संयुक्त आयोजनामा जिल्लाको विभिन्न स्थानहरुमा खाद्यान्न,स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। जसमा चौरीदेउराली गाँउपालिका, भुम्लु गाँउपालिका,बनेपानगरपालिका, धुलिखेल नगरपालिका, खानीखोला गाँउपालिका र हिजो पनौती नगरपालिका ४ टौखालमा खाध्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकिएको छ। अबको एक दुई दिनमा नै भकुण्डे र महाँभारत गाँउपालिकालाई स्वास्थ्य सामाग्री तथा खाध्यान्न हस्तान्तरण गर्ने तयारी गरिएको युवा संघ नेपाल काभ्रेका सचिब जयराम केसिले जानकारी दिनुभएको छ । जनता रोगले भन्दा पनि भोकले मर्नलागेको पिडा सहन नसकेर भाइ साथी मिलेर भोकले छटपटाइ रहेका अती नै बिपन्न परिवार जो मेला पात गरि रिक्सा चलाइ कोठामा बसेका पीडितहरुका लागि यो अभियान बिगत १७ दिन देखिनै सुरु गरेका थिए।
त्यसै गरि हिजो पनौती नगरपालिका वडा न ४ तपाईं हाम्रो साप्ताहिक कार्यलयको प्राङ्गणमा १६ जना कोठा बस्ने र अती नै बिपन्न परिवारहरुलाइ जनही एक बोरा (३० के.जि.) चामल, एक के.जि. दाल, एक के.जि नुन र एक लिटर तेत वितरण गरिएको छ ।जसमा हिरा बोलन,छिरिङ लोप्चन,चन्डिका कार्की ,प्रदीप परियार,राजु बोलन,महेस लामा,प्रदीप परियार ,सरोज साह,कबिता रानामगर,भीमबहादुर तामाङ ,चिनिमाया लोप्चन,अर्जुन बिक,टोभन राना,सत्यनारायण साह,सुसिला लामा र रिक्सा चालक हमाल रहेका छन्।
अहिलेसम्म युवा संघ नेपालले जिल्लामा ४७५ जनालाई राहत वितरण गरिसकेको युवा संघ नेपालका जिल्ला कमिटि कोषाध्यक्ष मनोज थापाले तपाईं हाम्रो.कम.एनपि र तपाईं हाम्रो साप्ताहिक मिडिया लाई जानकारी गराउनु भएको छ भने युवा संघ नेपालका केन्द्रिय सचीव भेश राज शाहको समन्वयमा सामाजिक दुरि कायम गरि राहत बितरण कार्यक्रम बिगत १७ दिन देखि निरन्तरता दिदै आइरहेको जिल्ला सचिब केसिले बताए । जसमा अति विपन्न र कोठा भाडामा बस्ने परेका व्यक्तिहरु विशेष प्राथमिकतामा छन् ।
माधव नेपाल समुहका युवा संघ र युवा विद्यार्थीले गरेका यस्ता कार्यबाट उनीहरु काभ्रेली जनताको मन मनमा बस्न सफल भएका छन् । पछिल्लो समय यस कार्यलाई केही ब्याक्तीहरुले पनि अनुसरन गरेको देखिन्छ । कोभिडको दोस्रो लहर सुरु भएदेखि नै यश अभियानलाई ज्यानको जोखिम मोलेर सहयोगमा जुटेका छन् ।
यस बाहेक नेपाल पत्रकार महासंघ काभ्रे जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण, फ्रन्टलाईनमा बसेर कार्य गरिरहेका प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण जस्ता कार्य गरिएको छ । शिर मेमोरिय अस्पताललाई माक्स, सेनिटाईजर, फेस सिल्ड र साबुन हस्तान्तरण गरिएको हो । मानब कल्याण समाज धुलिखेलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । पनौतीमा रहेको रियल नेपाललाई खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारीले भुम्लु गाँउपालिकाबाट काठमाडैमा मजदुरी गर्दै आएका व्यक्तिहरुका लागि खाद्यन्न सामाग्री वितरण गरेको छ । खाद्यन्न नपुगेको अवस्थामा समेत २००० का दरले आर्थिक हस्तान्तरण समेत गर्नुभएको छ । जसमा फ्रन्टलाईनमा बसेर सेवा गर्ने युवानेता युवा संघ नेपालका केन्द्रिय सचीव भेषराज शाह र केन्द्रिय सदस्यहरुले समन्वय गरेका छन् भने युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु काभ्रे जिल्ला कमिटीका सम्पुर्ण जिम्मेवार युवाहरू खाद्यान्न बोकेर अति बिपन्न परिवारको घरघरमा पुगेको देखिन्छ भने वैदेशिक रोजगारीबाट फर्किनु भएको सस्था रिट्रनी माइग्रेन नेपाल काभ्रे साखाका कोषाध्यक्ष,तपाईं हाम्रो साप्ताहिकका प्रकासक तथा प्रधान सम्पादक बुद्धकुमार श्रेष्ठ दिन रात नभनि असाय,अनाथ,अपांग,रिक्सा चालक तथा कोरोना कहरका कारण रोगले भन्दा पनि भोकले थला परेकाहरुको उद्दार कार्य गर्दै आउनु भएको छ।








