राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक कलाकार, गायक चलचित्र निर्माता बिक्रमजंग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित भएका छन् ।
कोभिडको महामारीमा दीन दुःखीको सेवामा अहोरात्र खटिएका राष्ट्रिय संगित कर्मी संघका महासचिव तथा लोकदोहोरी गायक बिक्रम जङ्ग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित भएका हुन् ।
पछिल्लो समय नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले यतिबेला देशभर लकडाउन जारी रहेको छ । यो विषम अवस्थामा कतिपयको रोजीरोटी गुमेको छ । कतिपय भोकै बस्न बाध्य छन् । कतिपय परिवार पाल्नको लागि भौंतारीरहकेका छन् । लकडाउनले कयौँ नेपालीहरु भोकमरीको चपेटामा परेका छन् । लकडाउनको समयमा पनि ज्यानको प्रबाह नगरी बिभिन्न ठाउँहरुमा पिडित नेपालीहरुलाइ खाद्यान्न सहयोग गरिरहेका छन् बिक्रमजंग शाह ।
शाहलाई अमेरिका मा रहेको हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड हिरो अवार्ड २०२१ बाट सम्मान गरेको हो । शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट समेत सम्मानित भएका थिए ।
हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्था र कलाकर्मी हरुको साझा घर राष्ट्रिय संगित कर्मी संघको सहकार्यमा बिगत १ महिनादेखि निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेका छन् । शाहको यो अमूल्य योगदानको कदर स्वरुप हामी नेपाली ग्लोवल संस्थाले अवार्डले सम्मान गरेको संस्थाका अध्यक्ष अमृत लामाले बताएका छन् ।
मानिसको आधारभुत आवश्यकता भनेको गाँस, बास र कपास भएकाले सो को प्रत्याभुती राज्यले गर्नुपर्ने र बिषम परिस्थितीमा हामी जस्ता संघ संस्था र नागरिक समाजको पनी कर्तव्य हुन आउने बताउने शाह यस्तो महामारीको समयमा भोकालाई भोजन खुवाउन र राहत बाँडेर गरीब असहायको पीडामा मल्हम लगाउन पाउँदा आफूलाई खुशी लाग्ने बताउँछन् । शाह अवार्डले आफूलाई समाजसेवामा लागि दीन दुःखीको सेवामा समर्पित हुन प्रौत्साहन मिलेको बताउँछन् ।








