काभ्रेः नेकपा (माओवादी केन्द्र) अन्तरास्ट्रिय बिभागले काभ्रे जिल्ला कमिटीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं अन्तराष्ट्रिय बिभागको अध्यक्ष युबराज चौलागाईं सहितको टोलीले जिल्ला कमिटीलाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
विभागका अध्यक्ष युवराज चैलागाईंका अनुसार बिभागले काभ्रे जिल्ला कमिटिलाई एण्टीजेन किट ३ सय थान, थर्मल गन १० थान, फल्स अक्सोमिटर एक सय थान, अक्सिजन सिलिन्डर २ थान, पिपिइ सेट ५० थान, ग्लाब्स ५ सय थान, माक्स ५ सय थान, सेनिटाइजर २० बोतल (हाल्फ लिटर) लगायतका ५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
विभागका अध्यक्ष युवराज चैलागाइले जिल्ला कमिटीमार्फत् शहरको पहँुचबाट टाढा रहेका र सहज रुपमा स्वास्थ्य उपचार पाउन कठिन विकट क्षेत्रका जनतामा कोरोना महामारीमा थोरै भए पनि स्वास्थ्य सहयोग होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । त्यस्तै माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले स्वास्थ्य सामाग्री नहुँदा जिल्लाका विकट तथा दुर्गम स्थानीय तहका नागरिकहरु समस्यामा परेको बताए । विभागले दिएको स्वास्थ्य सामग्री जिल्लाका विकट तथा दुर्गम खानीखोला, महाभारत लगयात ६ वटा स्थानीय तहका स्वास्थ्य चौकीमार्फत् वितरण गरिने र त्यहाँका जनतामा सेवा दिने उनको भनाई छ । त्यसैगरी जिल्ला कमिटी सदस्य रमेश ढकालले प्रवास कमिटीले कम्तीमा १ करोड रकमको कोष खडा गरेर नेपालभरी सहयोग गर्ने योजना रहेका जानकारी दिए । केही दिनअघि मात्रै प्रवास कमिटी अन्तर्गतका नेपाली जनप्रगतिशील मञ्च जापानले ९ लाख १५ हजार ११ रुपैँया रकम नेपाल पठाएको थियो ।
हस्तान्तरण कार्यक्रममा बिभागका अध्यक्ष चौलागाईंसँगै बागमती प्रदेश सदस्य रत्न ढकाल, बागमती प्रदेश कमिटी सदस्य छिन्ताङ, मिम बहादुर वाईबा ‘ज्वाला’, जिल्ला कमिटी सदस्यहरु डिएम लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छाला जिम्बा लगायतको उपस्थिति रहेका थिए ।








