बनेपा नगरपालिकाको वडा नं १३ मा राम दुवालको समन्वयमा वडाका १२ घरधुरी र वडा नं १४ का वडा अध्यक्ष गौरी राउतको समन्वयमा ८ घरधुरी गरि जम्मा २० घरधुरीलाई चामल, दाल, तेल, लगायतका खाद्य सामग्री वितरण गरएको थियो । ‘कोही रोगलेभन्दा भोक मर्नु नपरोस्’ भन्ने उद्देश्यका साथ व्यक्तिगत रुपमा बनेपा नगरपालिका वडाहरुमा राहत प्याकेज लिएर थोरै भएपनि मलमपट्टि लगाउने प्रयास गरिएको महासचिव बैदारले बताए ।

‘विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने श्रमिक तथा मजदुर पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘अहिले छुटकाहरुलाई केही दिनभित्र वितरण गर्ने योजना बनाएका छौँ ।’ उक्त राहत वितरणमा बिज्ञान धौगोडा,राजु मधिकर्मि, प्रकाश बुढाथोकी , रबिन बिष्ट लगाएतले समन्वय गरेका थिए ।