काभ्रेपलान्चोक – नेपाल विद्यार्थी संघ काभ्रे हरेक जनताको समस्यामा सहयोग गर्न तयार रहेको संघका अध्यक्ष नृपेश बादे ले बताएका छन् । संघले कोरोना भाइरसको दोश्रो लहरको सुरुवात भएयता समस्यामा परेका तथा कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

कोरोना संक्रमित भएर अनुसार होम आइसोलसनमा बसिेका करिब ५० जनालाई घरमै निशुल्क औषधि उपलब्ध गराएको अध्यक्ष बादे ले जानकारी दिए । एक जना न्यून आय भएका बिरामीको भने सम्पुर्ण खर्च बेहोरेर उपचार समेत गरिएको उनले बताए । बादेका अनुसार काभ्रे जिल्ला र बाहिरी जिल्लाबाट आएर अस्थायी बसोबास गरि रहेका ३८ जना विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न समेत सहयोग गरिएको छ ।

बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचाररत बिरामी र कुरुवाहरुको लागी औषधि, मास्क, सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्री अस्पताल प्रशासन मार्फत उपलब्ध गराएको उनले बताए । नेवि संघ काभ्रेले निषेधाज्ञाको समयमा संक्रमितको घर घरमा अक्सिजन सिलिन्डर डेलिभरी समेतको काम गरेको अध्यक्ष बादेले बताए ।

कोरोना संक्रमितको उपचारको लागि २ ओटा अक्सिजन कन्स्ट्रेटर समेत व्यवस्था गरेको अध्यक्ष बादेले जानकारी दिए । विद्यार्थीहरुको मुद्धामा मात्रै केन्द्रित नभई सम्पूर्ण जनताको हरेक समस्यामा सहयोग गर्ने नेवि संघ काभ्रेका अध्यक्ष बादेको दाबी छ ।

खुल्ला खबर