
यो बेला अस्पतालमा अक्सिजनको अभाबले धेरै बिरामीको निधन भएको समाचारहरु बाहिरिरहदा एक समाजसेवी तथा सफल ब्यबसायी रमेश गौतमले भने आफ्नो व्यक्तिगत खर्चमा अक्सिजन खरिद गरि काभ्रेको चौरी देउराली गाउँ पालिकालाइ हस्तान्तरण गरेका छन।
वडा अध्यक्ष बिनोद घिसिङ्ग र अस्पताल इन्चार्ज राजु चौलागाईंको हातमा रमेश गौतमले ३ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका हुन्।कोरोनाको रोकथाम र नियन्त्रणको लागि सहज बाताबरण गर्नको लागि उनले आफ्नै व्यक्तिगत रुपमा गाउँपालिकालाइ सहयोग गरेका हुन्।उनि काभ्रे जिल्ला साबिक माझीफेदामा जन्मिएका हुन्।यस अगाडी पनि उनि बिभिन्न ठाउँमा आफ्नो व्यक्तिगत रुपबाट सहयोग गर्दै आएका थिए। _ लालिगुरास बाट








