काभ्रेपलान्चोक – मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ यसको लहरा लामो समयसम्म सुक्दैन । यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ।

गुर्जो सेवन गर्ने विधि यस्ता रहेका छन्:-

पिसेर सेवन:- ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने । उमेर अनुसार:- सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभिन्न तरिका अनुसार गुर्जोको सेवन गर्न सकिन्छ तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

सेतो गिलोय सत:- बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ । चपाउने:- टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ । सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने । ताजा गुर्जोको सेवनले कम्तीमा ३-४ महिना भित्र शरीरमा धेरै परिवर्तन ल्यउँदछ । हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।

गुर्जोको सेवन गर्नुका फाईदाहरु निम्न रहेका छन् ।

१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

२. युरिक ए-सिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पि-साब, पैताला, हात, खुट्टा तथा जीउ पोले-को र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पि-साब सम्बन्धि सम्पुर्ण समस्या तथा रोग हरुमा धेरै लाभ पुऱ्याउँने गर्दछ ।

५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।

६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो ।

७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।

८. अम्लपित्त अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

९. टिबी अर्थात क्षयरोगका किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

१०. गुर्जो इम्युनिटि पावर बढाउन अत्यन्तै उपयोगी मानिन्छ त्यसैले गुर्जोले को- रोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

११. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।

१२. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।