काभ्रेपलान्चोक – दिन दिनै कोरोना संक्रमितको धेरै संख्यामा मृत्यु हुने थाले पछि स्थानीय तहले नै शव ब्यवस्थापन गर्ने भएको छ ।

जेठ ६ गते मादनकुँडारीका ७१ बर्षिय पुरुषको धुसेनी शिवालय प्राथकिम स्वास्थ्य केन्द्रमा आइतवार निधन भएको थियो ।

जिल्लामा नेपाली सेनाले संक्रमितको शव व्यवस्थापन गर्दै आईरहेको भएपनि विकट मानिने कोशीपारीमा सेना पुग्न समस्या भएपछि गाउँपालिकाको उपस्थितिमा सुरक्षा मापदण्ड अपनाएर स्वास्थ्यकर्मीहरुले नै शव व्यवस्थापन गरेका छन ।

मृतकलाई सेनाले जस्तै स्वास्थ्यकर्मीले सलामी दिएर नजिकैको चिहानमा लगेर जलाएका थिए ।