काभ्रेपलान्चोक  – कोभिड- १९ महामारीको दोस्रो  लहरले यतिबेला पुरै देश आक्रान्त बनेको छ । दोश्रो लहर शहरमा मात्र नभएर गाउँ – गाउँसम्म पनि नराम्रो सँग फैलिएको छ । सबैको लागि एक र एकको लागि सबै भन्ने मूल नाराका साथ स्थापित प्रभा मा. वि. का पूर्व विद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाई एसोसिएसन स्थापनाकाल देखि नै प्राकृतिक विपत्ति लगायतका संकटमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै शिलशिलामा अहिलेको विश्वव्यापी महामारी विरुद्धको हातेमालोमा विगत एक वर्ष देखि नै सकृय रहेको छ । प्रभा मा.वि. मा अध्ययन गर्नुभई हाल पेशा र व्यापारको शिलशिलामा देश तथा विदेशमा रहनुभएका मनकारी सहयोगी हातहरु बाट संकलित रकमबाट चौंरी देउराली गाउँपालिकाका विभिन्न स्थानमा औषधि लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । चौंरीदेउराली गाउँपालिका अन्तर्गत कुडारी स्वास्थ्य चौकी , कात्तिके देउराली स्वास्थ्य चौकी , चौंरी स्वास्थ्य चौकी , अत्याधिक संक्रमित रहेको गैरी मादन र चौंरीदेउराली गाउँपालिकालाई औषधि लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको प्रभा एलुम्नाईका सचिव गोकुल गौतमले जानकारी दिनुभयो । सचिव गौतमका अनुसार हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा अक्सिमिटर, थर्मोमिटर , PPE , फेसशिल्ड , मास्क , स्यानिटाइजर, साबुन , भिटामिन , सिटामोल लगायतका रहेका छन् । विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि लगायतको रोहबरमा सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । करिब दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गौतमले राम्रो सन्देश लाई जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष दिननाथ गौतम , उपाध्यक्ष तारा देवी चौलागाईं र स्वास्थ्य प्रमुख तेज घिसिङको उपस्थितिमा हस्तान्तरण  गरिएको थियो सो कार्यक्रममा आफ्नो संक्षिप्त भनाइ राख्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले यस महामारी विरुद्धको लडाइँमा हातेमालो गर्ने प्रभा एलुम्नाई टिमलाई धन्यवाद व्यक्त गर्नुभयो साथै आगामी दिनमा पनि साथ सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो । सोही कार्यक्रममा आफ्नो संक्षिप्त भनाइ राख्दै प्रभा एलुम्नाईका सचिव गोकुल गौतमले यस क्षेत्रको दुःख र सुख दुवैमा हातेमालो गर्न प्रभा एलुम्नाई सदैव तत्पर रहेको बताउनुभयो । उल्लेखित सबै कार्यक्रममा प्रभा एलुम्नाईका महासचिव जितराम लामा , उपाध्यक्ष सुक प्रसाद चौलागाईं , सचिव गोकुल गौतम , सदस्यहरू दिपेन्द्र चौलागाईं , किशोर राज गिरी सदस्य तथा सहयोग संकलन समितिका संयोजक परीक्षा चौलागाईंको उपस्थिति रहेको थियो ।