काभ्रेपलान्चोक – भुम्लु गाउँपालिका वडा न.५ सल्ले खोला कालो भिर नजिकै मोटरसाइकल दुर्घटना भई एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भुम्लु गाउँपालिका को सुजन गजमेर रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल करिब ३ सय मिटर तल खोलामा खसेको स्थानीयले जानकारी दिएका छन । अर्का घाइते हुने सोही गाउँपालिकाको सिजन गजमेर रहेका छन भने घाइतेको उपचार भैरहेको छ ।








